
हुगली, 18 मई (हि. स.)। रिषड़ा तीन नम्बर रेल गेटको छेवैमा अवस्थित टिकट काउन्टरको पछाड़ि बितेको लामो समयदेखिको थुप्रिएको मैला-कुचैलालाई जेसीबी मशीनको सहयोगले सोमवार सफा गरियो।
भीषण गर्मी भए पनि सफाई अभियानको निगरानी स्थानीय भाजपा पार्षद शशि सिंह झाले स्वयं गरे। सफाई कार्य अवधि प्रचुर मात्रामा फोहोर-मैलालाई तह लगाइयो।
स्थानीय पार्षद शशि सिंह झाले बताए, यस क्षेत्रमा श्याम बाबा, हनुमान जी औ भगवान शिवको मन्दिर अवस्थित छन्। यहाँ रिक्शा, टोटो र अटोका प्रमुख स्ट्याण्डहरू पनि छन् जहाँ प्रतिदिन ठूलो सङ्खयामा मानिसहरू ओहोर-दोहोर गर्ने गर्दछन्। उनले भने, वर्षौंदेखिको यहाँ मैला-कुचैला जमिएको थियो। नगरपालिकालाई कैयौं पटक पत्राचार गरेर सफाई गर्ने माग गरिएको भए पनि कुनै ठोस कदम उठाएको थिएन।
उनले भने, राज्यमा सत्ता परिवर्तन परिवर्तन भएपछि अब प्रशासनिक स्तरमा काम भएको देखिँदैछ। झा अनुसार क्षेत्रमा सर-सफाई गरिएपछि मन्दिरहरूमा आउने श्रद्धालु, आम बटुवा तथा रिक्शा, टोटो र अटो चालकहरूलाई धेरै सुविधा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा