सूर्य फाउण्डेशनको आयोजनामा दस दिवसीय ग्रामीण व्यक्तित्व शिविरको समापन
Surya foundation


खरसाङ, 18 मई (हि.स.)। सूर्य फाउण्डेशनको तत्वावधानमा बाघमारा बाल संस्कार केन्द्रको आयोजनामा दश दिवसीय ग्रामीण व्यक्तित्व शिविरको समापन गरियो। उक्त समापन समारोहमा प्रमुख अतिथिको रूपमा स्थानीय समाजसेवी तथा भूतपूर्व सैनिक दुर्गाप्रसाद तामाङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रूपमा सूर्य फाउण्डेशनका जोन उप-प्रमुख बिनोदकुमार महतो उपस्थित रहेका थिए। कार्यक्रममा नानीहरूद्वारा नृत्य, देशभक्ति गीत, दौड़ आदि प्रस्तुत गरिएको थियो।

स्मरण रहोस्, सूर्य फाउण्डेशनको आयोजनामा प्रत्येक वर्ष नानीहरूको मानसिक एवं शारीरिक विकासको निम्ति ग्रामीण व्यक्तित्व विकास शिविरको आयोजना गरिन्छ। यस दश दिवसीय ग्रामीण व्यक्तित्व शिविरको दौरान उत्कृष्ट 5 जना नानीहरूलाई छनौट गरेर पुरस्कार वितरण गरिएको छ।

समापन समारोहमा स्थानीय मानिसहरूको पनि उपस्थिति रहेको योगेन्द्र छेत्री र मणिकमल दाहालले बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande