दुर्गापुर-फरिदपुर ब्लकका तृणमूल कङ्ग्रेस अध्यक्ष शतद्वीप घटक पक्राउ
दुर्गापुर-फरिदपुर ब्लकका तृणमूल कङ्ग्रेस अध्यक्ष शतद्वीप घटक पक्राउ


बर्दवान, 18 मई (हि. स.)। दुर्गापुर-फरीदपुर ब्लकका तृणमूल कङ्ग्रेस अध्यक्ष शतद्वीप घटकलाई पुलिसले असुली, आतङ्क फैलाएको तथा मानिसहरूलाई डर अनि धम्क्याएको आरोपमा पक्राउ गरेको छ। गए आइतवार राती फरिदपुर थानाको पुलिसले लाउदोहा क्षेत्रमा अभियान सञ्चालन गरी उनलाई हिरासतमा लियो। सोमवार बिहान आरोपीलाई दुर्गापुर महकुमा अदालतमा पेश गरियो जहाँ पुलिसले उनको हिरासतको माग गरेको छ।

आरोप छ, उनकै संरक्षणमा पछिल्लो लामो समयदेखिको क्षेत्रको माहोल आतङ्कपूर्ण भएको थियो। भाजपा कार्यकर्ताहरूलाई धम्क्याएको, आम मानिसहरूमाथि चाप दिएको तथा चुनाउ अवधि विपक्षी कार्यकर्ताहरूलाई प्रभावित पारेको जस्ता आरोपहरू सामु आएका छन्। स्थानीय मानिसहरूले पहिला पनि कैयौं पटक सिकायत गरेका थिए।

पक्राउपछि शतद्वीप घटकले दाबी गरे, यो कारबाही पुरानो (वर्ष 2021)-को मामिलामा गरिएको हो जसलाई उनले राजनीतिक बताए। अदालतमा लैजाँदै गर्दा एकजना व्यक्तिले “चोर-चोर” भन्दै नारा लगाए जसबाट केही समयसम्म त्यहाँको माहोल तनाउपूर्ण भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande