शिक्षक सङ्गठनले शुरू गऱ्यो सदस्यता अभियान, दश हजारको लक्ष्य
शिक्षक सङ्गठनले शुरू गऱ्यो सदस्यता अभियान, दश हजारको लक्ष्य


मेदिनीपुर, 18 मई (हि.स.)। राज्यमा सत्ता परिवर्तन भएपछि राष्ट्रिय स्वयंसेवक सङ्घसित सम्बन्धित शिक्षक सङ्गठन ‘अखिल भारतीय राष्ट्रिय शैक्षिक महासङ्घ’-ले पश्चिम मेदिनीपुर जिल्लामा सदस्यता अभियानलाई तीव्रता दिएको छ। सङ्गठनले जिल्लामा दश हजार शिक्षकहरूलाई सदस्य बनाउने लक्ष्य राख्दै यस दिशामा काम शुरू गरिसकेको छ।

जानकारी अनुसार गत 4 मईपछि मात्र 12 दिनभित्रमा लगभग तीन जना शिक्षकहरूले सङ्गठनमा सामेल हुनका लागि आवेदन पत्र प्राप्त गरेका छन्। यसपूर्व जिल्लामा यस सङ्गठनसित लगभग डेढ़ सय शिक्षकहरू मात्र आबद्ध भएका थिए।

सङ्गठनका पश्चिम मेदिनीपुर जिल्लाध्यक्ष देवाञ्जन होड़ले भने, पहिला तृणमूल सरकारको समयमा सङ्गठनात्मक कार्य गर्नमा धेरै वटा बाधाहरू थिए। अब शिक्षकहरू स्वयं अगाड़ि आएर सङ्गठनसित जोड़िनका लागि आवेदन पत्र लिरहेका छन्। उनले बताए, जिल्लामा दश हजार शिक्षक-शिक्षिकाहरूलाई सदस्य बनाउने लक्ष्य राखिएको छ।

हालैमा सङ्गठनको राष्ट्रिय कार्यकारिणीको बैठक कर्नाटकमा आयोजना भएको थियो जसमा राज्यका प्रतिनिधिहरू सामेल भएका थिए। राज्य समितिका सदस्य विश्वनाथ दासले बताए, बैठकमा महिला शक्तिमाथि विशेष बल दिने निर्णय लिइएको छ। त्यसैले सङ्गठनमा शिक्षिकाहरूको सहभागिता बढ़ाउनेमाथि पनि ध्यान दिइनेछ।

उनले भने, सङ्गठनको उद्देश्य शिक्षा क्षेत्रलाई राजनीतिदेखि मुक्ति दिलाउनु, अनुशासन एवं उत्कृष्ट पढ़्ने वातावरण तयार गर्नु तथा विद्यार्थी-शिक्षकबीच गुरू-शिष्य जस्तो सम्मानजनक सम्बन्ध बनाउनु हो।

सदस्यता अभियानलाई सफल बनाउनको लागि जिल्ला कमिटीका सदस्यहरूलाई विभिन्न ब्लकहरूको जिम्मेवारी दिइनेछ। उनीहरूले ब्लक तथा सर्कल स्तरमा शिक्षकहरूसित सम्पर्क गरेर सङ्गठनको कार्यप्रणाली बारे जानकारी गराइरहेका छन्। त्यसपछि इच्छुक शिक्षकहरूलाई सदस्यताको लागि आवेदन पत्र वितरण गरिँदैछ।

सङ्गठनको भनाइ छ, ब्लक तथा सर्कल स्तरमा अभियान पूरा भएपछि प्रत्येक स्कूलमा सङ्गठनको एकाई गठन गर्ने योजना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande