सड़क दुर्घटनामा एकजनाको मृत्यु, दुई जना घाइते
सड़क दुर्घटनामा एकजनाको मृत्यु, दुई जना घाइते


कोलकाता, 18 मई (हि. स.)। महानगर कोलकाताको तपसिया क्षेत्रमा सोमवार बिहान भएको एक सड़क दुर्घटनामा एकजना व्यक्तिको मृत्यु भयो भने अन्य दुई जना गम्भीर रूपमा घाइते भए।

प्रत्यक्षदर्शीहरू अनुसार एउटा यात्रु वाहक बस चार नम्बर पुलदेखि साइन्स सिटी तर्फ गइरहेको थियो। आरोप छस बस द्रूत गतिमा गुड़िरहेको थियो। यसै अवधि उसले पहिला सड़क पार गरिरहेका एकजना व्यक्तिलाई ठक्कर दियो अनि फेरि एउटा बाइकलाई आफ्नो चपेटमा लियो। यस भयानक ठक्करको कारणले बाइक सवार दुवै मानिसहरू सड़कमा मुर्छित भए। घाइतेहरूलाई तत्कालै नेशनल मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरियो। यो समाचार लेखुञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन।

घटनापछि स्थानीय मानिसहरूले घाइतेहरूलाई अस्पतालमा पुऱ्याए जहाँ एकजना व्यक्तिलाई मृत घोषित गरियो। पुलिसले दुर्घटनामा सामेल बसलाई जफत गरेको छ। मामिलाको जाँच गर्नको लागि क्षेत्रको सीसीटीभी फुटेजको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande