चोरीको वस्तुसितै दुई जना समातिए
चोरीको वस्तुसितै दुई जना समातिए


सिलगढ़ी, 18 मई (हि. स.)। नक्सलबाड़ीको बेङ्गाई जोत क्षेत्रमा चोरीको वस्तुसितै दुई जना आरोपीहरूलाई पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान सूरज सिंह र ईश्वर रायको रूपमा भएको छ भने दुवै नक्सलबाड़ीको लालपुल क्षेत्र निवासी रहेको बताइएको छ।

पुलिस सूत्र अनुसार गए अबेर राती पुलिसलाई सूचना प्राप्त भयो जसको आधारमा पुलिसले बेङ्गाईजोत क्षेत्रमा छापा मारेर दुई जना संदिग्ध युवकहरूलाई हिरासतमा लियो। जाँच गर्दा यिनीहरूबाट दुई वटा ग्यासको सिलेण्डर र एउटा मोटर जफत गरियो। पुलिसले जाँचबुझमा दुवैलो चोरीको घटनामा आफूहरू सामेल रहेको कुरालाई स्वीकार गरे। सोमवार दुवैलाई सिलगढ़ी अदालतमा पेश गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande