मुख्यमन्त्री भएपछि शुभेन्दु अधिकारीको पहिलो ‘जनता दरबार’ आयोजित, मानिसहरूको सिकायत सुने
मुख्यमन्त्री भएपछि शुभेन्दु अधिकारीको पहिलो ‘जनता दरबार’ आयोजित, मानिसहरूको सिकायत सुने


कोलकाता, 18 मई (हि.स.)। पश्चिम बङ्गालमा भारतीय जनता पार्टी (भाजपा) सरकारको दोस्रो मन्त्रीमण्डलको बैठक सोमवार हुन गइरहेको छ। यसअघि मुख्यमन्त्री शुभेन्दु अअधिकारीले सल्टलेकस्थित पार्टी कार्यालयमा ‘जनता दरबार’ आयोजना गरी मानिसहरूको सिकायतलाई प्रत्यक्ष रूपमा सुने। बिहान लगभग साढ़ेनौ बजी मुख्यमन्त्री पार्टी कार्यालयमा पुगे जहाँ पार्टी कार्यकर्ता अनि समर्थकहरूले उनलाई स्वागत गरे। यस अवसरमा सांसद लकेट च्याटर्जी पनि उपस्थित थिइन्।

जानकारी अनुसार ‘जनता दरबार’- को पहिलो दिन नै ठूलो सङ्ख्यामा नोकरीका उम्मेद्वारहरू आफ्नो समस्या लिएर आएका थिए। शुभेन्दु अधिकारीले सबैको सिकायतलाई सुनेर नोट गराए। मानिसहरूको सिकायत सुनेपछि मुख्यमन्त्री सोझै नवान्नमा पुगे जहाँ उनका केही महत्वपूर्ण प्रशासनिक बैठकहरू निर्धारित छन्।

सूत्र मुताविक सोमवार हुन गइरहेको मन्त्रीमण्डलको बैठकमा आरजी कर प्रकरण, महिलाहरूमाथि हुने अपराध, संस्थागत भ्रष्टाचार, वेतन आयोग औ सरकारी कर्मचारीहरूको लम्बित महँगी भत्ता जस्ता महत्वपूर्ण मुद्दाहरूमा चर्चा हुनसक्छ। यस अतिरिक्त सीमा सुरक्षा बललाई जमीन हस्तान्तरण सहित केही प्रशासनिक विषयहरूमाथि पनि बैठक हुने सम्भावना छ।

प्रदेशमा नयाँ सरकरको सत्ता आएपछि सरकारी कर्मचारीहरूमा आशा जागेको छ कि लम्बित महँगी भत्ताको पूर्ण भुक्तानलाई लिएर निर्णय लिन सक्छ।

वित्त विभागको सूत्र अनुसार केन्द्रको बराबरमा महँगी भत्ता र वेतन संरचनालाई लिएर नयाँ सरकारले गम्भीर रूपमा विचार गरिरहेको छ। भाजपाले आफ्नो चुनावी सङ्कल्प पत्रमा सातौं वेतन आयोग लागू गर्ने वाचा गरेको थियो। कर्मचारीहरूको मान्यता छ, आयोग लागू भए उनीहरूको वेतन बढ़्नेछ। यस स्थितिमा सोमवार हुन गइरहेको मन्त्रीमण्डलको बैठकको फसेलामाथि सरकारी कर्मचारीहरूदेखि लिएर आम मानिसहरूको समेत ध्यान केन्द्रित भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande