
कोलकाता, 18 मई (हि.स.)। नगरनिगम भर्ती भ्रष्टाचार मामिलाकोजाँचगरिरहेकोप्रवर्तन निदेशालय (ईडी)- लेदक्षिण दमदम नगरपालिकाकापूर्व चेयरम्यान पाचुरायलाईसोमवारजाँचबुझको लागि बोलायो। उनलाई सल्टलेककोसीजीओ कम्प्लेक्सस्थितईडी कार्यालयमाबोलाइयो जहाँ उनी बिहान पुगे। सूत्रानुसार नगरपालिकामा भएको अवैध नियुक्तिको सन्दर्भमा उनलाई जाँचबुझ गरिरहेको छ।
सूत्रको भनाइ छ,यसै मामिलामा हालैमा पक्रा परेका राज्यका पूर्वमन्त्री सुजीत बोसको अगाड़ि राखेर पनि पाचु रायलाई जाँचबुझ गर्न सक्छ। सुजीत बोस हाल ईडी हिरासतमा छन्।
दक्षिण दमदम नगरपालिकामा भएकोभर्ती प्रक्रियालाई लिएर अनुसन्धान गर्ने क्रममा सुजीत बोसको नाम सामु आएको थियो। ईडीको आरोप छ, नगरपालिकामा अवैध रूपमा नोकरी दिलाउनको लागि लगभग 150 जना उम्मेद्वारहरूको नामको सिफारिस गरिएको थियो। केन्द्रिय जाँच एजेन्सीको दाबी छ, यी सिफारिसहरूको सट्टा अनुचित लाभ लिइयो।
उल्लेखनीयछ, पछिल्लोसप्ताहकोसोमवारसुजीत बोसलाई पनिसीजीओ कम्प्लेक्समा जाँचबुझको लागि डाकिएको थियो। लगभग साढ़े दश घण्टासम्म जाँचबुझ गरेपछि ईडी अधिकारीहरूले उनलाई पक्राउ गरेका थिए। पछि अदालतले उनलाई दस दिनको ईडी हिरासतमा राख्ने आदेश दियो।
यतानगरनिगम भर्ती घोटालामाकेन्द्रिय जाँच ब्यूरो (सीबीआई)-द्वारा दर्ता आरोप पत्रमा पनि पाचु रायको नाम उल्लेखित छ। यसअघि पनि यस मामिलाको जाँचको सिलसिलामा ईडीले उनलाई कैयौं पटक बोलाइसकेको छ भने उनी उपस्थित पनि हुँदै आएका छन्।
तथापि पाचुरायले पहिला सबै आरोपहरूलाई अस्वीकार गरेका थिए। उनको दाबी थियो, उनले कसैबाट पैसा लिएनन्, उनलाई सताउनको लागि मात्र जाँचबुझ गर्न बोलाइएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा