अन्ततः ईडीको कार्यालयमा पुगे ‘सोना पाप्पू’, भने- मैले कुनै गल्ती गरेको छुइनँ
अन्ततः ईडीको कार्यालयमा पुगे ‘सोना पाप्पू’, भने- मैले कुनै गल्ती गरेको छुइनँ


कोलकाता, 18 मई (हि.स.)। लामो समयको खोजी पश्चात अन्ततः विश्वजीत पोद्दार सोमवार प्रवर्तन निदेशालय (ईडी)- के सल्टलेकस्थित कार्यालयमा जाँचबुझको लागि पुगे। गत फरवरी महिनामा भएको रवीन्द्र सरोवरकाण्डमा उनको नाम मुछिएपछि जाँंच एजेन्सीले उनलाई खोजिरहेको थियो। तथापि बीच-बीचमा उनलाई सोशल मीडियामा लाइभ देखिए पनि यतिका दिनसम्म जाँच एजेन्सीको हातमा परेका थिएनन्।

सोमवार ईडी कार्यालयमा पुगेपछि पत्रकारहरूले उनलाई सम्भावित पक्राउलाई लिएर प्रश्न गरे जसको जवाफमा उनले भने,“मैंले कुनै गल्तीगरेको छुइनँ।”

उल्लेख्य, रवीन्द्र सरोमा भएको कथित गड़बड़ीको मामिलामा सोना पप्पूको नाम जोड़िएको थियो। पछिल्लो अप्रेल महिनामा ईडीले उनको घरमा छापामारी गरेर लगभग दुई करोड़ रुपियाँ नगद जफत गरेको थियो। यस अतिरिक्त एउटा महँगो कार र केही सम्पत्तिहरूसित सम्बन्धित दस्तावेज पनि जफत गरिएको थियो।

ईडी सूत्र अनुसार सोना पाप्पूविरूद्ध एउटा प्राथमिकी दर्ता छ। उनीमाथि रङ्गदारी असुली, धम्की दिएको तथा अन्य आपराधिक गतिविधिहरूमा सामेल रहेको आरोप लगाइएको छ। जाँच एजेन्सीको दाबी छ, कस्बा र बालीगञ्ज क्षेत्रका केही सिण्डिकेटहरूको नियन्त्रण तिनको हातमा थियो। तिनीसितै साँठगाँठ रहेको आरोपमा कोलकाता पुलिसका डीसीपी शान्तनु सिन्हा बिस्वासलाई पक्राउ गरिएको छ।

हाल ईडी अधिकारीहरूले उनीसित विभिन्न वित्तीय लेनदेन, कथित अवैध सम्पत्ति तथा सिन्डिकेट सञ्चालनलाई लिएर जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande