
कोलकाता, 18 मई (हि.स.)। पश्चिम बङगालको फलता विधानसभा क्षेत्रमा आगामी 21 मईमा हुने पुनर्मतदानअघि तृणमूल कङ्ग्रेस प्रत्याशी जहाँगीर खानले पक्रा पर्ने आशङ्का व्यक्त गर्दै सोमवार कलकत्ता उच्च न्यायालयको ढोका ढक्ढकाए। न्यायमूर्ति सौगत भट्टाचार्यले मामिलाको सुनवाई गर्ने अनुमति दिएका छन्। मामिलामाथि सोमवार अपरान्ह दुई बजी सुनवाई हुने सम्भावना छ।
उल्लेखनीय छ, गत शनिवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले फलतामा आयोजित एक जनसभालाई सम्बोधन गर्दै तृणमूल सांसद अभिषेक ब्यानर्जी का निकटवर्ती मानिने जहाँगीर खानमाथि चर्को हमला गरेका थिए। उनले भनेका थिए, “चुनाउ सिद्धिन दिनुहोस्, त्यसपछि उसको व्यवस्था गर्छु। यो जिम्मेवारी मेरो हो।”
दक्षिण 24 परगनाको राजनीतिमा पछिल्लो केही वर्षदेखिको जहाँगीर खान एक प्रभावशाली व्यक्तिको रूपमा उदाएका छन्। विधानसभा चुनाउ अवधि डायमण्ड हार्बर पुलिस जिल्लाका पर्यवेक्षक तथा उत्तर प्रदेश क्याडरका आईपीएस अजयपाल शर्मा र जहाँगीर खानबीच विवाद भएको कुरा पनि चर्चामा आएको थियो। ‘एनकाउन्टर स्पेशलिस्ट’- को रूपमा चिनिने अजयपाल शर्माको तुलना कैयौं फटक फिल्मको भूमिका ‘सिङ्घम’-सित गरिँदै आएको छ। यसको जवाफमा जहाँगीर खानले भनेका थिए, “उनी सिङ्घम हुनसक्छन्, तर म पनि पुष्पा हुँ... झुक्ने छुइनँ।”
मतदान सम्पन्न भएपछि विपक्षी दलहरूले फलता विधानसभा क्षेत्रका कतिपय बूथहरूमा निष्पक्ष मतदान भएको आरोप लगाएका थिए। स्थितिको समीक्षा गरेपछि निर्वाचन आयोगले यहाँ पुनर्मतदान गराउने निर्णय लिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा