
कोलकाता, 18 मई (हि.स.)। पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री एवं तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीले सोमवार केरलमा शपथ लिने नयाँ यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) सरकालाई शुभकामना दिइन्। उनले सोशल मीडिया मञ्च एक्समा सन्देश जारी गरी नवनियुक्त मुख्यमन्त्री वीडी सतीशन नेतृत्वाधिन यूडीएफ सरकारलाई बधाई दिइन्। उनले भनिन्, केरलका जनताको सेवामा नयाँ सरकारलाई प्राप्त ठूलो सफलताको शुभकामना।
सोमवार तिरुवनन्तपुरममा आयोजित शपथ ग्रहण समारोहमा कङ्ग्रेस नेता वीडी सतीशनले मुख्यमन्त्री पदको शपथ लिए। योसँगसँगै कङ्ग्रेस नेतृत्वाधिन यूडीएफ गठबन्धन लगभग एक दशकपछि केरलको सत्तामा फर्केर आएको छ।
वीडी सतीशन पछिल्लो लामो समयदेखिकै केरलको राजनीतिमा कङ्ग्रेसको मुख्य अनुहार रहिआएका छन्। उनले पछिल्लो केही वर्षदेखिको विधानसभामा विपक्षी नेताको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
हालैमा सम्पन्न भएको विधानसभा चुनाउमा यूडीएफले 140 सदस्यीय विधानसभामा स्पष्ट बहुमत हासिल गरी वाम लोकतान्त्रिक मोर्चा (एलडीएफ) सरकारलाई सत्ताच्युत बनाइदियो।
नयाँ सरकारको शपथ ग्रहण समारोहमा केही राष्ट्रिय नेताहरूको उपस्थिति देखियो। राजनीतिक विश्लेषकहरूको मान्यता छ, केरलमा यूडीएफको सत्ता कब्जालाई राष्ट्रिय राजनीतिमा कङ्ग्रेसको लागि एक महत्वपूर्ण राजनीतिक सन्देशको रूपमा हेरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा