बासले छिरिङ पाल्देन भोटिया र एड्रिएल ग्याम्त्सो लिङ्दोङलाई सम्मानित गर्यो
बासले छिरिङ पाल्देन भोटिया र एड्रिएल ग्याम्त्सो लिङ्दोङलाई सम्मानित गर्यो


गान्तोक, 18 मई (हि.स)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) ले आइतवार गान्तोकको देवरालीस्थित स्थानीय एक होटलमा आयोजित आफ्नो ३५औं वार्षिक साधारण सभामा दुई प्रतिष्ठित व्यक्तित्वहरूलाई उनीहरूको उल्लेखनीय उपलब्धि र योगदानका लागि सम्मानित गर्‍यो। बासले आज जारी एक प्रेस विज्ञप्तिमा उक्त जानकारी दिएको छ।

बासले संघकी वरिष्ठ उपाध्यक्ष छिरिङ पाल्देन भोटियालाई गान्तोक नगर निगमको मेयरको रूपमा निर्वाचित भएकोमा अभिनन्दन गर्‍यो। एसोसिएसनका सदस्यहरूले राज्यको समाज र खेल प्रशासनप्रति उनको समर्पित सेवालाई स्वीकार गर्दै हार्दिक बधाई दिए। सभाले उनको नयाँ जिम्मेवारीमा उनको सफलताको कामना गर्दै उनको नेतृत्वले गान्तोक शहरको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्‍यो।

यसरी नै सभाले प्रतिष्ठित ब्याडमिन्टन एसोसिएशन अफ् इण्डियाको राष्ट्रिय खेल नियन्त्रक परीक्षा २०२५ सफलतापूर्वक उत्तीर्ण गरेकोमा एड्रिएल ग्याम्त्सो लिङ्दोङलाई पनि सम्मानित गर्‍यो। उनको उपलब्धिलाई संघको लागि मात्र नभई सिक्किमको सम्पूर्ण ब्याडमिन्टन समुदायको लागि गर्वको क्षणको रूपमा प्रशंसा गरियो। संघले राज्य र राष्ट्रिय स्तरमा ब्याडमिन्टनको प्राविधिक विकासप्रति उनको कडा परिश्रम, समर्पण र प्रतिबद्धताको प्रशंसा गरेको छ।

सम्मान समारोहमा बास पदाधिकारीहरू, आजीवन सदस्यहरू, जिल्ला संघका प्रतिनिधिहरू, खेलाडीहरू, अधिकारीहरू र आमन्त्रित अतिथिहरूको उपस्थिति थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande