
कोलकाता, 18 मई (हि.स.)। उत्तर बङ्गालका केही जिल्लाहरूको मौसम सोमवार अचानक परिवर्तन भयो। भारत मौसम विज्ञान विभाग (आईएमडी)- को क्षेत्रीय मौसम विज्ञान केन्द्र, कोलकाताले आगामी केही घण्टासम्मको लागि मेघ गर्जन, तीव्र हावा तथा वर्षाको चेताउनी जारी गरेको छ। मौसम विभागले प्रशासनलाई सतर्क रहने तथा मानिसहरूलाई होशियारी अप्नाउने सल्लाह दिएको छ।
मौसम विभाग अनुसार कुचबिहार जिल्ला, अलीपुरद्वार जिल्ला, जलपाईगुड़ी जिल्ला औ दक्षिण दिनाजपुर जिल्लामा अरेञ्ज अलर्ट जारी गरिएको छ। यी जिल्लाहरूमा मेघ गर्जनसितै सामान्यदेखि मध्यम वर्षा हुनसक्छ। यस अवधि 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ।
यस अतिरिक्त दार्जीलिङ जिल्ला, कालेङु जिल्ला तथा उत्तर दिनाजपुर जिल्लाका कतिपय भागहरूमा यल्लो अलर्ट जारी गरिएको छ। यी क्षेत्रहरूमा बिजुली चम्किनको साथै वर्षा अनि 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ।
मौसम विभागले चेताउनी दिएको छ, यी क्षेत्रहरूमा वज्रपात हुने आशङ्का पनि छ। त्यसैले मानिसहरूलाई खुल्ला मैदान वा रूख मुनि बस्नदेखि बच्ने तथा सुरक्षित स्थानहरूमा बस्ने सल्लाह दिइएको छ। यता कोलकातामा आगामी 24 घण्टाको अवधिमा मौसम आंशिक रूपमा बादलले घेरिनेछ। केही क्षेत्रहरूमा मेघ गर्जनसितै बादल विकसित हुने सम्भावना छ।
मौसम विभाग अनुसार शहरमा अधिकतम तापमान लगभग 36 डिग्री सेल्सियस औ न्यूनतम तापमान लगभग 28 डिग्री सेल्सियस रहने अनुमान छ। सोमवार बिहान अधिकतम तापमान 35.8 डिग्री सेल्सियस र न्यूनतम तापमान 29.0 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 2.3 डिग्री अधिक हो।
हावामा नमीको स्तर पनि अधिक रहनेछ। अधिकतम सापेक्षिक आद्रता 89 प्रतिशत र न्यूनतम 63 प्रतिशत दर्ता गरियो। 17 मईको बिहान 6:30 बजेदेखि 18 मईको बिहान 6:30 बजेसम्म शहरमा कुनै वर्षा दर्ता गरिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा