
कुचबिहार, 18 मई (हि. स.)। कुचबिहारमा एकजना प्रभावशाली तृणमूल नेताको पक्राउबाट राजनीतिक खैलाबैला तीव्र भएको छ। तृणमूल कङ्ग्रेसका कुचबिहार एक बी ब्लक अध्यक्ष अब्दुल कादेरलाई पुलिसले सोमवार बिहान पक्राउ गऱ्यो।
पुलिसले उनलाई कुचबिहारको गुड़ियाहाटी नम्बर दुई ग्राम प़ञ्चायत क्षेत्रबाट हिरासतमा लियो। जाँचबुझपछि आरोपीलाई पक्राउ गरियो। पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
पुलिस सूत्र अनुसार अब्दुल कादेरविरूद्ध चुनाउपूर्व विपक्षी दलका नेता एवं कार्यकर्ताहरूमाथि हमला गरेको, घरमा तोड़फोड़, लुटपाट तथा महिलाहरूसित अश्लीलता जस्ता गम्भीर आरोपहरू दर्ता छन्। यी नै आरोपहरूको आधारमा पुलिसले कारबाही गर्दै उनलाई पक्राउ गरेको हो।
स्मरण गराइन्छ, बितेको केही दिनभित्रमा कुचबिहारमा तृणमूलकोब्लक स्तरकानेतालाई पक्राउ गरिएको यो दोस्रो घटना हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा