
कोलकाता, 19 मई (हि.स.)। फलता विधानसभा क्षेत्रमा आगामी 21 मईमा हुने मतदानअघि मुख्यमन्त्री शुभेन्दु अधिकारीले मङ्गलवार भाजपा प्रत्याशी देव्यांशु पण्डाको समर्थनमा व्यापक रोड शो गरे। प्रचार अभियानको अन्तिम दिन शुभेन्दु फेरि एकपटक फलतामा पुगे अनि शक्ति प्रदर्शनको माध्यमबाट चुनावी माहोललाई तताए।
रोड शोपूर्व मुख्यमन्त्रीले फलताको शिव मन्दिरमा पूजा-अर्चना गरी आशीर्वाद लिए। त्यसपछि बङ्गनगर-दुई पञ्चायत क्षेत्रको हासीमनगरस्थित कालीतला मैदानमा रोड शोको शुरूआत गरे।
मुख्यमन्त्रीलाई हेर्नका लागि सड़कका दुवै किनारमा व्यापक रूपमा मानिसहरू भेला भएका थिए। कतिपय स्थानहरूमा पुष्पवर्षा गरीउनलाईस्वागत गरियो। शुभेन्दु अधिकारीले पनि लगातार हात हल्लाएर मानिसहरूको अभिवादनलाई स्वीकार गरे। अत्यधिक भीड़ भएको कारणले कैयौं पटक रोड शोको गती मन्द भयो।
रोड शोपछि मुख्यमन्त्रीले भाजपा कार्यकर्ता स्वपन मण्डलको घरमा गएर अपरान्हको भोजन गर्ने कार्यक्रम बनाए। भाजपाको आरोप छ, वर्ष 2021-मा भएको चुनाउपछिको हिंसामा स्वपन मण्डलको हत्या गरिएको थियो।
राजनीतिक गल्लीहरूमा मानिँदैछ, फलता उपचुनाउले राज्यको राजनीतिक दिशा तय नगरे पनि भाजपाले आफ्नो सीट सङ्ख्या बढ़ाउनको लागि यथासम्भव प्रयास गर्नेछ। त्यसैले शुभेन्दु अधिकारीले लगातार यस क्षेत्रमा प्रचार गरिरहेका छन्। यसअघि पनि गत शनिवार उनी यस क्षेत्रमा पुगेर जनसभालाई सम्बोधन गरिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा