आसनसोल नगरनिगममा ममता ब्यानर्जीको तस्वीर हटाएकोमा विवाद
आसनसोल नगरनिगममा ममता ब्यानर्जीको तस्वीर हटाएकोमा विवाद


आफनसोल, 19 मई (हि. स.)। आसनसोल नगरनिगमको मेयर कक्षमा राखिएको पश्चिम बङ्गालकी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको तस्वीरलाई लिएर मङ्गलवार बिहान ठूलो विवाद उत्पन्न भयो। भारतीय जनता पार्टीका कार्यकर्ताहरूले नगरनिगम मुख्यालयमा पुगेर त्यहाँका मेयरसित तस्वीर हटाउने माग गरे। मेयरद्वारा अस्वीकार गरिएपछि भाजपा कार्यकर्ताहरूले आफै तस्वीरलाई हटाएर बाहिर निकालिदिए।

त्यसपछि भाजपा कार्यकर्ताहरूले मेयर कक्षमा देशकी राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा राष्ट्रपिता महात्मा गान्धीको तस्वीर राखे। यस घटनाक्रमपछि नगरनिगम परिसरको राजनीतिक माहोल तातियो।

भाजपाकी जिल्ला सदस्य काकोली घोषले मेयरमाथि गम्भीर आरोप लगाउँंदै भनिन, नगरनिगमका विभिन्न वार्डहरूमा करोड़ौं रुपियाँको घोटाला भएको छ। उनले भनिन्, मेयरले प्रत्यक्ष रूपमा भ्रष्टाचारलाई अस्वीकार गरिरहेको भए पनि उनको व्यवहार भ्रष्टाचारलाई समर्थन दिने किसिमको छ। काकोलीले आरोप लगाइन्, जनताको पैसा दुरूपयोग भएको छ र यसको लागि जिम्मेवार मानिसहरूमाथि कारबाही हुनुपर्छ।

आसनसोल युवा मोर्चाका अध्यक्ष आदित्य कुमार मण्डलले भने, ममता ब्यानर्जीको तस्वीर हटाउने माग कैयौं पटक गरिएको थियो, तर प्रत्येक पालो नै बेवास्ता गरियो। उनले दाबी गरिन्, राज्यको राजनीतिक स्थिति परिवर्तन भइसकेको छ र भाजपाको प्रभाव बढ़ेको छ जसले गर्दा कार्यकर्ताहरूले आफै पहल गर्दै यो कदम उठाएका हुन्।

आदित्य कुमार मण्डलले यो पनि भने, यस अवधि कुनै पनि प्रकारको तोड़फोड़ वा सरकारी सम्पत्तिलाई नोक्सान पुऱ्याउने काम गरिएन। उनले दाबी गरे, भाजपाले लगातार शान्ति व्यवस्थालाई कायम राख्नको लागि काम गरिरहेको छ र यो कदम त्यै दिशामा उठाइएको हो।

घटनापछि पुलिसले काकोली घोषलाई हिरासतमा लियो तथापि जाँचबुझपछि तिनलाई पुलिसले छोड़िदियो। अर्कोतिर आसनसोल-दुर्गापुर पुलिस कमिश्नरेटका डीसी सेंन्ट्रल दुर्गादासले दक्षिण थाना प्रभारी विश्वजीत मुखर्जीसित नगरनिगमस्थित मेयर कक्षको निरीक्षण गरे। उनले अधिकारीहरूलाई सीसीटीभी फुटेजको आधारमा उचित कारबाही गर्ने अनि आवश्यक सिकायत दर्ता गराउने निर्देश दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande