
कुचबिहार, 19 मई (हि. स.)। दिनहाटा ब्लकको भेटागुड़ी दुई नम्बर ग्राम पञ्चायतकी तृणमूल प्रधान प्रियङ्का डे सरकारको घरमा बम फालिएको घटनापछि क्षेत्रमा व्यापक सन्त्राष फैलिएको छ। यो घटना गए सोमवार अबेर राती बालाडाङ्गा कालीरहाट क्षेत्रमा भएको हो। तथापि यस घटनामा कुनै प्रकारको मानवीय क्षति भएको समाचार प्राप्त भएको छैन।
प्राप्त जानकारी अनुसार अबेर राती पञ्चायत प्रधान र उनका परिवार घरमा सुतिरहेका थिए, अचानक अज्ञात उपद्रवीहरूले उनको घरलाई लक्षित गरेर बम फाले। बम विस्फोट भएर सम्पूर्ण क्षेत्रलाई नै हल्लाइदियो।
सूचना पाएर दिनहाटा थानाको पुलिस टीम घटनास्थलमा पुग्यो। सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर खोजी अभियान शुरू गऱ्यो। यस अवधि घर नजिकै एउटा जिउँदो बम भेटियो जसलाई पछि सुरक्षित रूपमा निष्क्रिय पारियो।
पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।
प्रधान प्रियङ्का डे सरकारले यस घटनाको लागि राजनीतिक दललाई जिम्मेवार ठहराउनको सट्टा यसलाई असामाजिक तत्वहरूको कुकृत्य बताइन्।
स्मरण गराइन्छ, पहिला भाजपासित जोड़िएकी प्रियङ्का पछि तृणमूलमा सामेल भएकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा