मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार सिलगढ़ीको दौड़ा गर्ने
मुख्यमन्त्री शुभेन्दु अधिकारीले बुधवार सिलगढ़ीको दौड़ा गर्ने


सिलगढ़ी, 19 मई(हि.स.)। राज्यमा आएको राजनीतिक परिवर्तनपछि पहिलो पटक मुख्यमन्त्री शुभेन्दु अधिकारी उत्तर बङ्गालको भ्रमणमा आइरहेका छन्। बुधवार सिलगढ़ी पुगेर उनले उत्तरकन्यामा एक महत्वपूर्ण प्रशासनिक बैठक गर्नेछन्।

प्रशासनिक सूत्र अनुसार यस बैठकमा उत्तर बङ्गालका विभिन्न जिल्लाहरूका वरिष्ठ अधिकारीहरू सामेल हुनेछन्। बैठकमा कानून-व्यवस्थाको स्थिति, सरकारी योजनाहरूको प्रगति तथा क्षेत्रीय विकाससित सम्बन्धित केही महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गरिनेछ।

मुख्यमन्त्रीको दौड़ाहलाई मध्यनजर गर्दै तयारी युद्धस्तरमा भइरहेको छ। उत्तरकन्या परिसरलाई फ्लेक्स, फेस्टून र अन्य सजावटका वस्तुहरूले सुसज्जित बनाइँदैछ। साथै सुरक्षा व्यवस्थालाई पनि कड़ा बनाइएको छ भने हरेक पक्षको नियालेर जाँच गरिँदैछ।

मङ्गलवार भाजपाका केही वरिष्ठ नेताहरूले उत्तरकन्यामा पुगेर तयारीहरूको जायजा लिए। राजनीतिक विश्लेषकहरूको मान्यता छ, उत्तर बङ्गालको विकास र प्रशासनिक गतिलाई तीव्रता दिने दृष्टिले यो बैठक अत्यन्त महत्वपूर्ण साबित हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande