असममा महिलाहरूको अपहरणकर्ता पक्राउ
असममा महिलाहरूको अपहरणकर्ता पक्राउ


गुवाहाटी, 19 मई, (हि.स.)। असममा महिलाहरूको तस्करी तथा अपहरणको बढ़्दो घटनाक्रमबीच दक्षिण कामरूपको जोरशिमुली पुलिसले एक कथित अपहरणकर्तालाई पक्राउ गरेको छ जसले महिलाहरूको अपरण गरेर तस्करी गरेको आशङ्का छ।

पुलिस अनुसार आरोपीलाई चमरियाको बताहिदिया चर क्षेत्रबाट पक्राउ गरिएको हो जसको पहिचान महिमारी गाउँ निवासी जियाउर रहमानको रूपमा भएको छ। पुलिस सूत्र अनुसार आरोपीविरूद्ध पहिलाबाटै छयगाउँ थानामा महिला अपहरणसित सम्बन्धित मामिला दर्ता थियो।

सूचनाको आधारमा सञ्चालित अभियान अवधि पुलिसले आरोपीलाई समात्यो। प्रारम्भिक जाँचमा पुलिसलाई शङ्का लागेको छ, आरोपीको सम्बन्ध कुनै ठूलो महिला तस्करी गिरोहसित हुनसक्छ।

यस घटनाले एकपटक फेरि राज्यमा लगातार भइरहेको महिला तस्करी तथा अपहरणको घटनालाई लिएर चिन्ता बढ़ेको छ। पुलिसले मामिलाको गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande