चिया बगानमा टाउको बिनाको शव भेटियो, हत्या भएको आशङ्का
चिया बगानमा टाउको बिनाको शव भेटियो, हत्या भएको आशङ्का


सिलगढ़ी, 19 मई (हि. स.)। बगडोगराको हाँसखोआ बन्दीजोतस्थित एक निजी चिया बगानको नालीबाट एउटा शिर र हात-खुट्टा काटिएको शव भेटिएको घटनाले व्यापक सन्त्राष फैलिएको छ। उक्त शवलाई देखिएपछि घटनास्थलमा स्थानीय मानिसहरूको भीड़ एकत्र भयो।

प्राप्त जानकारी अनुसार मङ्गलवार बिहान तीन जना युवकहरू नालीमा मशरूम टिप्न पसेका थिए, यस अवधि उनीहरूको नजर शवमाथि पऱ्यो। उनीहरूले बगान मालिकलाई सूचना दिए जसपश्चात बागडोगरा थानाको पुलिसलाई खबर दिइयो।

स्थानीय मानिसहरूको भनाइ छ, शव 6-7 दिन पुरानो हो जुन कुहिसकेको छ। सबैभन्दा आश्चर्यको कुरा के छ भने शवको टाउको र हात-खुट्टा नै छैन जसबाट हत्या गरेपछि प्रमाण मेटाउने प्रयास गरिएको आशङ्का व्यक्त गरिएको छ। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएर मामिलाको गहन जाँच शुरू गरेको छ। पुलिसले यो थाहा गर्ने प्रयास गरिरेहको छ कि यो हत्या हो वा यसको पछाड़ि अन्य कुनै कारण लुकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande