रिषड़ामा डिलीभरी संस्थाको राइडर्स हड़ताल, पार्षद मनोज सिंह धरनामा बसे
रिषड़ामा डिलीभरी संस्थाको राइडर्स हड़ताल, पार्षद मनोज सिंह धरनामा बसे


हुगली, 19 मई (हि.स.)। रिषड़ाको बागखाल क्षेत्रस्थित एक निजी डिलीभरी संस्थाका लगभग 75 जना राइडर्स पछिल्लो तीन दिनदेखिको हड़तालमा बसेका छन्। राइडर्सले संस्था प्रबन्धनमाथि कम भुक्तान, शोषण औ धम्की दिएको गम्भीर आरोप लगाएका छन्।

मामिलाको जानकारी पाउनसाथ रिषड़ा नगरपालिकाको वार्ड नम्बर 10 का पार्षद मनोज सिंह मङ्गलवार घटनास्थलमा पुगे अनि हड़तालमा बसेका राइडर्ससित बातचित गरी उनीहरूको समस्या सुने अनि उनीहरूलाई समर्थन गर्न आफू स्वयं धरनामा बसे।

राइडर्सको आरोप छ, संस्थाले उनीहरूलाई पर्याप्त पारिश्रमिक दिरहेको छैन जबकि कामको दबाव लगातार बढ़ाइँदैछ। उनीहरूको भनाइ छ, कैयौं पटक सिकायत गरे पनि प्रबन्धनले उनीहरूको मागमा ध्यान दिरहेको छैन। यसको विपरीत विरोध गर्दा प्रबन्धनका केही मानिसहरूले उनीहरूलाई धम्की दिरहेको छ।

हड़तालमा बसेका राइडर्सले सम्पूर्ण मामिलाको लिखित सिकायत रिषड़ा थानामा पनि दिइएको छ।

घटनास्थलमा पुगेका भाजपा पार्षद मनोज सिंहले राइडर्सका मागहरूलाई समर्थन गर्दै भने, श्रमिकहरूको जायज मागहरूलाई प्रबन्धनले तुरून्त मान्नुपर्छ। उनले चेताउनी दिए, यदि राइडर्सको समस्या चाँड़ै समाधान नभए आन्दोलन अझ चर्किनेछ।

राइडर्सको समर्थनमा मनोज सिंह स्वयं धरनामा बसे। उनले भने, जबसम्म राइडर्सको माग पूरा हुँदैन तबसम्म उनीहरूको धरना जारी रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande