
झाड़ग्राम, 19 मई (हि. स.)। पश्चिम बङ्गालको झाड़ग्राम जिल्लामा एक निजी गेस्टहाउसको आँप बगैचामा आँप खान पुगेको एउटा वयस्क हात्तीको मृत्यु भयो। घटना मङ्गलवार बिहान शालबनी क्षेत्रमा भएको हो। सूचना पाएर घटनास्थलमा पुगेको वन विभाग र पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
वन विभागीय अधिकारी अनुसार प्रारम्भिक रूपमा हात्तीको मृत्यु करेन्ट लागेर भएको हुनसक्ने आशङ्का छ। स्थानीय मानिसहरूको आरोप छ, गेस्टहाउसको आँप बगैचाको चारैतिर बिजुलीको तारको बार लगाइएको छ। गए सोमवार त्यसै क्षेत्रमा एउटा हात्तीलाई आँप खाँदै गरेको देखिएको थियो। मङ्गलवार बिहान उक्त बगानमा मानिसहरूले हात्तीको शव देखेपछि यसको सूचना वन विभागलाई दिए।
घटनास्थलमा पुगेका अधिकारीले बताए, हात्तीको सुँड़मा जलेको चोट पाइएको छ जसबाट करेन्ट लागेको शङ्का अझ मजबुत भएको छ। सूचना पाएपछि झाड़ग्राम वन विभागका अधिकारी, लोधाशुली रेञ्जका कर्मचारीहरू तथा झाड़ग्राम थानाको पुलिस घटनास्थलमा पुगे। झाड़ग्रामका डीएफओ उमर इमामले पनि घटनास्थलको निरीक्षण गरे।
वन विभागलेे बतायो, शालबनी क्षेत्रमा पछिल्लो लामो समयदेखिकै हात्तीहरूको आवागमन हुँदै आएको छ। केही दिनअघि पांच वटा हात्तीहरूकोक बथान पनि यस क्षेत्रमा आएको थियो आशङ्का छ, मृत हात्ती त्यै दलको एउटा सदस्य थियो। हात्तीको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
यसबीच क्षेत्रका भाजपा विधायक लक्ष्मीकान्त साव पनि घटनास्थलमा पुगे। उनले भने, हात्तीको मृत्यु कसरी भयो, यसको पूर्ण जाँच गरिनेछ। पोस्टमर्टम रिपोर्ट आएपछि मृत्युको कारण स्पष्ट हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा