
कोलकाता, 19 मई (हि.स.)। फलता विधानसभा क्षेत्रमा आगामी 21 मईमा हुने पुनर्मतदानबाट तृणमूल कङ्ग्रेसका उम्मेद्वार जहाँगीर खानले अचानक पछि हट्ने फसेला लिएपछि अन्ततः अल इण्डिया तृणमूल कङ्ग्रेसले आफ्नो मौनतालाई भङ्ग गरेको छ। पार्टीले भनेको छ, चुनाउ मैदानबाट हट्ने फसेला जहाँगीर खानको व्यक्तिगत हो, पार्टीको होइन।
अल इण्डिया तृणमूल कङ्ग्रेसले सोशल मीडिया मञ्च एक्समा जारी बयानमा दाबी गऱ्यो, गत 4 मईको चुनाउ परिणाम घोषणा भएपछि फलता विधानसभा क्षेत्रबाट मात्र पार्टीका सयभन्दा अधिक कार्यकर्ताहरूलाई पक्राउ गरिएको छ। पार्टीले आरोप लगायो, केही पार्टी कार्यालयहरूमा तोड़फोड़ गरियो, बन्द गरियो तथा दिउँसै कब्जा समेत गरियो। बारम्बार सिकायत गर्दा पनि निर्वाचन आयोगले कुनै कारबाही गरेन।
तृणमूलले आफ्नो बयानमा भन्यो, भारी दबाव भए पनि पार्टी कार्यकर्ताहरू सशक्त रूपमा भाजपाको विरोधमा डटिरहेका छन्। तथापि कतिपय मानिसहरू दबावमा आएर मैदान छोड्न बाध्य छन्। पार्टीले यसलाई दुर्भाग्यपूर्ण बताउँदै भन्यो, बङ्गाल विरोधी भाजपाविरूद्ध उसको लड़ाई पश्चिम बङ्गाल र दिल्ली दुवै स्थानमा जारी रहनेछ।
यसअघि मङ्गलवार जहाँगीर खानले एक सम्वाददाता सम्मेलन आयोजना गरी घोषणा गरेका थिए, उनले आगामी 21 मईमा हुने पुनर्मतदानमा भाग लिने छैनन्। उनले भनेका थिए, मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा फलताको विकासको लागि विशेष प्याकेज घोषणा गरिएपछि उनले यो फसेला लिएका हन्।
जहाँगीरले भनेका थिए, उनी फलताका “भूमिपुत्र” हुन र क्षेत्रको शान्ति तथा विकास चाहन्छन्। मुख्यमन्त्रीद्वारा घोषित विशेष प्याकेजले क्षेत्रको विकासमा मद्दत गर्नेछ, त्यसैले उनले पुनर्मतदानको प्रक्रियाबाट आफूलाई अलग्याउने निर्णय लिएका हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा