
गुवाहाटी, 19 मई, (हि.स.)। असम विधानसभामा स्वतन्त्रता पश्चात पहिलो पटक मियाँ समुदाय (बङ्गलादेशी मुस्लिम)-बाट नेता प्रतिपक्ष बनाइने सम्भावनालाई लिएर राजनीतिक जगतमा चर्चा चुलिएको छ। कङ्ग्रेस पार्टीभित्र यस मुद्दामा लगातार मन्थन भइरहेको छ।
प्रदेश कङ्ग्रेस अध्यक्ष गौरव गोगोईलाई विधानसभामा नेता प्रतिपक्ष चयन गर्नका लागि पार्टी विधायकहरूको मत लिरहेको छ। भनिन्छ, उनले प्रत्येक विधायकसित व्यक्तिगत रूपमा परामर्श गरिरहेका छन्।
यस सम्बन्धमा अब्बास सोभान अली सरकारले भने, पार्टीले उचित निर्णय लिनेछ र योग्य व्यक्तिलाई नेता प्रतिपक्षको जिम्मेवारी सुम्पिनेछ। उनले भने, अन्तिम फसेला कङ्ग्रेस नेतृत्वद्वारा सामूहिक विचार-विमर्श गरिएपछि लिइनेछ।
उक्त बयान पश्चात असमको राजनीतिमा नयाँ समीकरण तथा सम्भावित नामहरूलाई लिएर विभिन्न अड़कलहरू लगाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा