
हुगली, 19 मई (हि.स.)। रिषड़ा थानाद्वारा मङ्गलवार बिहान पुलिसकर्मीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई श्रेष्ठ बनाउने उद्देश्यले विशेष फिटनेस एवं स्वच्छता अभियान सञ्चालन गरियो।
थानाबाट प्राप्त जानकारी अनुसार उपलब्ध सबै पुलिसकर्मी तथा सिभिक भोलन्टियर्स (सीभी)-ले बिहान आयोजित पाँच किलोमीटरको मर्निङ्ग वकमा भाग लिए। यसको साथै विभिन्न शारीरिक गतिविधिहरूको पनि आयोजन गरियो ताकि पुलिसकर्मीहरूको कार्यक्षमता र फिटनेसलाई अझ मजबुत बनाउन सकियोस्।
यस कार्यक्रममा एसीपी ईबी पनि उपस्थित थिए। उनले पुलिसकर्मीहरूको मनोबल बढ़ाउँदै नियमित व्यायाम तथा स्वस्थ जीवनशैली अप्नाउनेमाथि बल दिए।
यस थाना परिसरको वातावरणलाई अझ स्वच्छतालाई कायम राख्ने उद्देश्यले विशेष सफाई अभियान पनि सञ्चालन गरियो। यस अवधि थाना परिसरको सर-सफाई गरियो तथा उपलब्ध सुविधा अनि आधारभूत संरचनाहरूको निरीक्षण गरी आवश्यक व्यवस्थाको जाँच गरियो।
रिषड़ा थाना प्रशासनको यस पहललाई पुलिसकर्मीहरूको स्वास्थ्य, अनुशासन एवं श्रेष्ठ कार्य वातावरणको दिशामा महत्वपूर्ण कदम मानिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा