राञ्जाबुरमा फेरि भड़्कियो स्थानीय रोजगार आन्दोलन, सेल प्रबन्धनलाई ग्रामीणहरूको अन्तिम चेताउनी
राञ्जाबुरमा फेरि भड़्कियो स्थानीय रोजगार आन्दोलन, सेल प्रबन्धनलाई ग्रामीणहरूको अन्तिम चेताउनी


पश्चिमी सिंहभूम, 19 मई (हि.स.)। पश्चिमी सिंहभूम जिल्लाको सारण्डास्थित राञ्जाबुरु माइन्समा स्थानीय रोजगारलाई लिएर ग्रामीणहरूको आन्दोलन मङ्ग्लवार फेरि उग्र भयो।

खदान प्रभावित गाउँहरूका मुण्डा-मानकी, ग्रामीण एवं सारण्डा विकास समितिले सेल प्रबन्धनविरूद्ध हार-जीतको अन्तिम लड़ाईँ लड़्ने घोषणा गर्दै चेताउनी दिएको छ, यदि आगामी 20 मईसम्ममा पूर्वमा लिखित सम्झौतालाई लागू गरिएन भने गुवा खदान, काँचो फलाम डिस्प्याच तथा ट्रान्सपोर्टिङ्गलाई अनिश्चितकालीन रूपमा बन्द गरिनेछ।

गङ्गदा पञ्चायतका मुखिया राजू शाण्डिलले भने, स्थानीय मानिसहरूको जमीन अनि संसाधनहरूमाथि बाहिरका मानिसहरूको कब्जालाई सहन गरिनेछैन।

उनले आरोप लगाए, आन्दोलन भएर सम्झौता भए पनि ठेका कम्पनी “माँ सरला”-ले ड्राइभर, खलासी, झण्डा कर्मी समेत अन्य पदहरूमा बाहिरका मानिसहरूलाई नियुक्त गरिरहेको छ जबकि स्थानीय युवा बेरोजगार छन्।

ग्रामीणहरूले बताए, पूर्वमा आन्दोलन हुँदा मन्त्री दीपक बिरूवा, प्रशासनिक अदिकारीहरू, सेलका मुख्य महाप्रबन्धक तथा ग्रामीण प्रतिनिधिहरूबीच त्रिपक्षीय वार्ता भएको थियो।

यसमा खदान प्रभावित 18 वटा गाउँहरूका युवाहरूलाई 75 प्रतिशत रोजगार दिने, स्थानीय समितिलाई कार्य आवन्टन गर्ने तथा ट्रान्सपोर्टिङ्ग र ऱ्याक ल्याण्डिङ्गमा स्थानीयको सहभागितालाई सुनिश्चित गर्नेमाथि सहमति कायम भएको थियो।

सारण्डा विकास समिति र ग्रामीणहरूको आरोप छ, सम्झौतालाई अहिलेसम्म लागू गरिएको छैन। प्रशासन र मन्त्रीका पीएले वार्ता गर्ने आश्वासन दिएपछि आन्दोलनलाई हाल स्थगित गरिएको छ। तर ग्रामीणहरूले स्पष्ट पारेका छन्, आगामी 20 मईको वार्तामा ठोस निर्णय नलिइए आन्दोलन अझ उग्र हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande