अभिषेक ब्यानर्जीसित सम्बन्धित 17 सम्पत्ति कोलकाता नगरनिगमको रडारमा
अभिषेक ब्यानर्जीसित सम्बन्धित 17 सम्पत्ति कोलकाता नगरनिगमको रडारमा


कोलकाता, 19 मई (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव औ डायमण्ड हार्बरबाट सांसद अभिषेक ब्यानर्जीसित जोड़िएका 17 वटा सम्पत्तिहरू अब कोलकाता नगरनिगमको रडारमा परेको छ। नगरनिगमले कथित अवैध निर्माण तथा स्वीकृत नक्शाभन्दा भिन्नै निर्माण कार्य गरेको आरोपमा यी सम्पत्तिहरूलाई लिएर जाँच शुरू गरेको छ।

सूत्र अनुसार नगरनिगमले कोलकाता नगरनिगम अधिनियम, 1980 को धारा 400(1) अन्तर्गत यी सम्पत्तिहरूका मालिकहरू तथा उपमालिकहरूविरूद्ध कारबाही शुरू गरेको छ। यस धारा अन्तर्गत अवैध निर्माणका आरोपी सम्पति मालिकहरूलाई आफ्नो पक्ष राख्ने अवसर दिइनेछ। सम्बन्धित सम्पत्तिहरूको भित्तामा नोटिस टाँसिनेछ।

नगरनिगमको नजरमा परेका प्रमुख सम्पत्तिहरूलमा क्रमैले 188ए हरिश मुखर्जी रोड र 121 कालीघाट रोडस्थित आवास सामेल छन्। हरिश मुखर्जी रोडस्थित सम्पत्तिलाई लिएर ‘लीप्स एण्ड बाउण्ड्स प्राइभेट लिमिटेड’-लाई नोटिस पठाइएको छ जसलाई ब्यानर्जी परिवारसित जोड़िएको कम्पनी मानिन्छ। यसरी नै कालीघाट रोडस्थित सम्पत्तिको मामिलामा नोटिस अभिषेक ब्यानर्जीकी आमा लता ब्यानर्जीको नाममा जारी गरिएको छ।

यी दुवै सम्पत्ति पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको कालीघाटस्थित आवास नजिकै अवस्थित छन्। तथापि यो समाचार लेखुञ्जेलसम्म तृणमूल कङ्ग्रेसको तर्फबाट यस मामिलामा कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande