
नयाँ दिल्ली, 19 मई (हि.स.)। निगमायुक्त सञ्जीव खिरवारले मङ्गलवार ओखला ल्याण्डफिल साइटको दौड़ाह गरी त्यहाँ भइरहेको बायो-रिमेडिएशन र अपशिष्ट प्रबन्धन कार्यहरूको प्रगतिको समीक्षा गरे।
दिल्ली नगरनिगम (एमसीडी)- का अधिकारीहरूले निगमायुक्त सञ्जीव खिरवारलाई बायोमाइनिङ्ग गतिविधिहरूको वर्तमान स्थिति तथा ल्याण्डफिल साइटमा भइरहेका कार्यहरूको बारेमा अवगत गराए। खिरवारले ओखला ल्याण्डफिल साइटमा बायो माइनिङ्गको कार्यमा लगाइएको ट्रामल मशिनको परिचालनलाई प्रत्यक्ष रूपमा हेरेपछिबायो माइनिङ्ग कार्यहरूलाई तीव्रता दिने निर्देश दिए ताकि निर्धारित समय-सीमामा ल्याण्डफिल साइटमा जमा लिगेसी फोहोरलाई सिद्ध्याउन सकियोस्।
निगमायुक्तले निर्माण एवं विध्वंस मैलाको प्रसंस्करण गर्ने संयन्त्रको निरीक्षण गरे। उनले ओखला इञ्जीनियर्ड स्यानिटरी ल्याण्डफिल साइट एवं ओखला कम्पोस्ट प्लान्टको पनि निरीक्षण गरे। उनले स्थानीय पार्षद अर्जुन पाल सिंहसित लाजपत नगरको कृष्णा मार्केटस्थित कम्युनिटी सेन्टरमा भइरहेको मरम्मत कार्य एवं त्यहााँ निर्माण भइरहेको वरिष्ठ नागरिक मनोरञ्जन केन्द्रको पनि निरीक्षण गरे। यस अवधि आयुक्तले स्थानीय नागरिकहरूसित बातचित गरे तथा त्यहाँ उपस्थित अधिकारीहरूलाई निर्देश दिए, यस केन्द्रको निर्माण कार्य चाँड़ै पूरा गरियोस्। निगमायुक्तले कम्युनिटी सेन्टरको खाली भवनलाई आउटसोर्स गर्ने निर्देश दिए ताकि एमसीडीको राजस्वलाई बढ़ाउन सकियोस्।
यस अवसरमा मध्य क्षेत्रका उपायुक्त शाश्वत सौरभ, प्रमुख अभियन्ता पीसी मीणा सहित निगमका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा