
नयाँ दिल्ली, 19 मई (हि.स.)। पूर्वी दिल्लीको न्यू अशोक नगर थाना परिसरमा मङ्गलवार अपरान्ह त्यसबेला खैलाबैला मचियो जतिबेला थानाको मालखान पार्किङ्ग एरियामा अचानक आगो लाग्यो। आगो लागेको सूचना पाउनसाथ थाना स्टाफ र दमकल विभागको टीमले तुरन्तै घटनास्थलमा पुगेर लगभग डेढ़ घण्टासम्म परिश्रम गरी आगोलाई नियन्त्रण गऱ्यो। ढुक्कको कुरा के छ भने घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
पुलिस अधिकारीहरू अनुसार मङ्गलवार अपरान्ह लगभग एक बजे न्यू अशोक नगर थानाको लनस्थित मालखाना पार्किङ्ग एरियामा राखिएको केस प्रोपर्टी वाहनबाट धुँवा आइरहेको देखियो। हेर्दा-हेर्दै आगोले केही वाहनहरूलाई आफ्नो चपेटमा लियो जसले गर्दा घटनास्थलमा भागदौड़ मचियो।
आगो लाग्नसाथ थाना स्टाफ तुरून्त सक्रिय भए। थानामा उपलब्ध फायर एक्सटिङ्ग्विशर तथा ओवरहेड वाटर ट्याङ्कीको पानीले आगोलाई निभाउन शुरू गरियो। साथै मामिलाको सूचना तत्कालै दमकल स्टेशन न्यू अशोक नगरलाई दिइयो। सूचना पाउनसाथ दमकल विभागका केही वाहनहरू घटनास्थलमा पुगे अनि आगो निभाउने अभियानमा जुटे। आगलागीको कारण पत्तो लाग्न सकेको छैन। हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा