
आरामबाग (हुगली), 19 मई (हि. स.)। मेडिकल काउन्सिलिङ्गसित जोड़िएको विवादमा निलम्बन भएपछि निर्मल माझीको मामिला राज्यको राजनीतिमा चर्चाको विषय बन्न पुगेको छ। यस मुद्दालाई लिएर भारतीय जनता पार्टीले तृणमूल कङ्ग्रेसमाथि धारिलो प्रहार गरेको छ।
मङ्गलवार पत्रकारहरूसित बातचित गर्दै गोघाटका भाजपा नेता विश्वकान्ति सेनले भने, यो निश्चित थियो। उनले आरोप लगाए, निर्मल माझीले आफूलाई निःशुल्क उपचार गर्ने डाक्टर बताएर मानिसहरूलाई भ्रमित पार्ने प्रयास गरिरहेका थिए।
भाजपा नेताले यो पनि दाबी गरे, कोरोना कालमा औषधिहरूको कथित चोरी तथा आर.जी. कर मामिला समेत केही विवादहरूमा उनको नाम पनि मुछिएको थियो जसबाट मानिसहरूमा असन्तुष्टि बढ़ेको थियो। उनले भने, गोघाटका मानिसहरू जागरूक छन्, त्यसैले चुनाउमा उनलाई अस्वीकार गरिदिए।
विश्वक्रान्ति सेनले अझ भने, अहिले त निलम्बन मात्र गरिएको छ, आगामी दिनमा अझ ठूलो कारबाही हुनसक्छ।
भाजपा नेताको उक्त बयानपछि गोघाटमा राजनीतिक बयानबाजीको सिलसिला तीव्र भएको छ। तथापि यस सम्पूर्ण मामिलामा तृणमूल कङ्ग्रेसको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया सामु आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा