
हुगली, 19 मई (हि.स.)। हुगली जिल्ला अन्तर्गत रिषड़ाको वार्ड नम्बर 10- का पार्षद मनोज सिंहको पहलमा फायर ब्रिगेडका जवानहरूले गए सोमवार अबेर राती रेस्क्यू अपरेशन सञ्चालन गरी रिषड़ा रेलवे स्टेशनको छेउमा ठूलो नालीमा पसेको एउटा गाईलाई अन्ततः बचाए। वास्तवमा रिषड़ा रेलवे स्टेशन निकट ठूलो नालीमा निर्मित एक म्यानहोलमा राखिएको स्ल्याब (सीमेन्टको ढकनी) भत्किएको थियो। त्यसै म्यानहोलमा एउटा गाई पस्यो।
बितेको अबेर राती स्थानीय मानिसहरूबाट सूचना पाएपछि स्थानीय पार्षद मनोज सिंह, भाजयुमो नेता सन्तोष मण्डल एवं अन्य मानिसहरू घटनास्थलमा पुगे। फायर ब्रिगेडलाई मामिलाको जानकारी दिइयो। तत्काल एउटा वाहन सहित फायर ब्रिगेडका जवानहरू घटनास्थलमा पुगे अनि हतौड़ाले नालालाई चौड़ादार बनाएर गाईलाई नालीबाट बाहिर निकालेर त्यसको ज्यान बचाए।
भाजपा पार्षदले भने, म्यानहोलको स्ल्याब भत्कियो, तर कसैले सूचना समेत दिएन। यदि कुनै व्यक्ति यस नालीमा पसेको भए ठूलो दुर्घटना हुनसक्थ्यो। तथापि गौमातालाई बचाउनको लागि तत्काल पहल गरेकोमा म फायर ब्रिगेडका कर्मीहरूलाई धन्यवाद दिन्छु। म्यानहोलमा राखिएको स्ल्याब कसरी भत्कियो, पत्तो लगाउने प्रयास गरिरहेको छु। यस्तो ठूलो लापरवाही गर्नेहरूलाई छाड़िनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा