
कोलकाता, 19 मई (हि. स.)। कोलकाताको सल्ट लेक क्षेत्रस्थित एउटा गेस्ट हाउसमा संदिग्ध परिस्थितिमा एकजना युवतीको मृत्यु भयो। पुलिसले यस मामिलामा एकजना महिला सहित दुई जना मानिसहरूलाई पक्राउ गरेको छ।
बताइए अनुसार युवतीको मृत्यु आँपको रूखबाट झरेर भएको हो। तथापि मृतकाको परिवारले आरोप लगाएका छन्, उनकी छोरीसित दुष्कर्म गरेपछि हत्या गरियो।
जानकारी अनुसार युवती बितेको सोमवार राती एउटा एप क्याबबाट आफ्नो साथी र दुई जना युवकहरूसित सल्ट लेकस्थित गेस्ट हाउसमा गएकी थिई। त्यहीँ उसको संदिग्ध परिस्थितिमा मृत्यु भयो।
युवतीसितै रहेका मानिसहरूले दाबी गरेका छन्, सोमवार अबेर राती उ गेस्ट हाउस परिसरमा आँप टिप्नको लागि रूखमा चढ़ेकी थिई। यसै अवधि उ रूखबाट झरेर गम्भीर रूपमा घाइते भई। उसलाई तुरून्तै अस्पताल लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए।
घटनाको खबर फैलिनसाथ क्षेत्रको स्थिति तनाउपूर्ण भयो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदियो।
यस मामिलाको जाँच बिधाननगर नर्थ थानाको पुलिसले गरिरहेको छ। पुलिसले एकजना महिला सहित दुई जना मानिसहरूलाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा