फलतामा शुभेन्दुको हाई भोल्टेज प्रचार, मृत भाजपा कार्यकर्ताहरूका परिवारलाई नोकरी र विशेष प्याकेज दिने घोषणा
फलतामा शुभेन्दुको हाई भोल्टेज प्रचार, मृत भाजपा कार्यकर्ताहरूका परिवारलाई नोकरी र विशेष प्याकेज दिने घोषणा


कोलकाता, 19 मई (हि.स.)। आगामी 21 मईमा हुन गइरहेको फलता विधानसभाको चुनाउलाई लिएर मङ्गलवार मुख्यमन्त्री शुभेन्दु अधिकारीले हाई भोल्टेज चुनाउ प्रचार गरे। यस अवधि मुख्यमन्त्रीले राजनीतिक हिंसामा मारिएका भाजपा कार्यकर्ताहरूका परिवारहरूलाई नोकरी एवं विशेष प्याकेज दिने घोषणा गरे।

बिहान लगभग 11:45 बजे फलता पुगेर उनले बङ्गनगर- दुई पञ्चायतको हासिम नगरस्थित कालीतला मैदानबाट लामो पदयात्राको शुरूआत गरे। चुनावी माहोलबीच आयोजित उक्त कार्यक्रमलाई लिएर क्षेत्रको राजनीतिक हावा तातिएको छ।

पदयात्रा शुरू गर्नअघि मुख्यमन्त्रीले स्थानीय मन्दिरमा पूजा-अर्चना गरे। त्यसपछि त्यहाँ खुल्ला वाहनमा सवार भएर मानिसहरूलाई अभिवादन गरिरहेको देखियो। पार्टीको झण्डा, नाराबाजी तथा फूलहरूको वर्षाले सम्पूर्ण क्षेत्र उत्साहमा डुबेको थियो। सुरक्षा व्यवस्थाको लागि प्रचुर मात्रामा पुलिस बललाई तैनाथ गरिएको थियो।

सभालाई सम्बोधन गर्दै शुभेन्दु अधिकारीले केही महत्वपूर्ण राजनीतिक घोषणाहरू पनि गरे। उनले भने, वर्ष 2021-को विधानसभा चुनाउपछि राजीतिक हिंसामा मारिएका भाजपाका 312 जना कार्यकर्ताहरूका परिवारहरूका एक-एकजना सदस्यलाई सरकारी नोकरी दिइनेछ। यसको साथै फलता र डायमण्डर हार्बर क्षेत्रका प्रभावित भाजपा कार्यकर्ताहरूको लागि विशेष आर्थिक एवं सामाजिक पुनर्वास प्याकेज दिने घोषणा समेत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande