नोकरी दिलाउने नाममा लाखौंको ठगी, तृणमूल नेता पक्राउ
नोकरी दिलाउने नाममा लाखौंको ठगी, तृणमूल नेता पक्राउ


उत्तर दिनाजपुर, 19 मई (हि.स.)। हेमताबाद ब्लकको सिँचाइ विभागमा नोकरी दिलाउने नाममा लाखौं रुपियाँ ठगी गरेको आरोपमा पुलिसले तृणमूल कांग्रेसका उपाध्यक्ष मुजीबुर रहमान उर्फ दुलाललाई पक्राउ गरेको छ। आरोपीलाई हिजो राति मिरिकबाट पक्राउ गरियो।

पुलिस अनुसार, आरोपी विरुद्ध भारतीय दण्ड संहिताको 406 र 420 लगायत विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको छ। उलाई मंगलवार रायगंज जिल्ला अदालतमा पेश गरियो।

उजुरीकर्ता अलाउद्दीन सरकारले आरोप लगाएका छन्, उनले आफ्नो छोरालाई नोकरीको लागि आरोपीलाई लाखौं रुपियाँ तिरेका थिए तर चारवर्ष बितिसक्दा पनि उनले जागिर पाएका छैनन्। आरोपीले सिँचाइ विभागमा नोकरीको झूटो वाचा दिएर उनीदेखि लगभग आठ लाख रुपियाँ लिएको थियो। नोगरीको लागि उनले आफ्नो जग्गा पनि बेचे तर न त नोकरी पाए न त उनले आफ्नो पैसा फिर्ता पाए।

शुरूमा यो मुद्दाको अनुसन्धान अधिकारी प्रभास सिंहले गरेका थिए भने अहिले सुजित लामाले यसको निरीक्षण गरिरहेका छन्।

पुलिसले आरोपितमाथि करोड़ौं रुपियाँ ठगी, बलजफ्ती असूली, जलाशय भर्ने र अनुसूचित जाति/जनजाति एक्ट अन्तर्गत मुद्दा चलाएको बताएको छ। हाल अभियुक्तलाई रायगंज जिल्ला अदालतमा पेश गरिएको छ र अनुसन्धान जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande