
कोलकाता, 19 मई (हि.स.)। प्रचण्ड गर्मीसित जुझिरहेका दक्षिण बङ्गालका मानिसहरूले अब चाँड़ै राहत पाउन सक्नेछन्। भारतीय मौसम विभागको अलिपुर मौसम कार्यालयले मङ्गलवार बतायो, दक्षिण बङ्गालका सबै जिल्लाहरूमा मेघ गर्जनसितै हुन्डरी र पानी पाउने सम्भावना छ। कोलकतामा पनि मङ्गलवार साँझपछि पानी आउने पूर्वानुमान व्यक्त गरिएको छ।
मौसम विभाग अनुसार कतिपय जिल्लाहरूमा कालबैशाखी (हुरी-बतास) आउने सम्भावना पनि छ। तथापि पानी परे पनि यस सप्ताह आद्रता र गर्मीबाट राहत पाउने आशा क्षीण छ।
मङ्गलवार बिहानदेखि नै कोलकातामा कहिले घाम त कहिले बादल लागिरहनेछ। बिहानदेखि नै आद्रतापूर्ण गर्मीको कारणले मानिसहरूलाई विविध समस्याको सामना गर्नुपर्नेछ।
मौसम विभाग अनुसार शहरको न्यूनतम तापमान 29.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 2.5 डिग्री अधिक हो। अधिकतम तापमान 35.9 डिग्री सेल्सियस रहने सम्भावना छ जुन सामान्यभन्दा लगभग 0.1 डिग्री अधिक हो।
मौसम विभागले बतायो, दक्षिण बङ्गालका सबै जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। विशेष गरी नदिया, पूर्व बर्धमान र बीरभूम समेत केही जिल्लाहरूमा आगामी 48 घण्टाभित्रमा कालबैशाखी आउने सम्भावना अधिक छ। वर्षा भए पनि दक्षिण बङ्गालका पश्चिमी भागहरूका कतिपय जिल्लाहरूको तापमान 40 डिग्री सेल्सियससम्म पुग्नसक्छ।
एकातिर दक्षिण बङ्गालमा गर्मी कायम छ भने उत्त्तर बङ्गालमा झमझम पानी परने सम्भावना बढ़िरहेको छ। मौसम विभागानुसार मङ्गलवार दार्जीलिङदेखि लिएर मालदासम्म केही जिल्लाहरूमा घना वर्षा हुनसक्छ।
यी क्षेत्रहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ भने मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा