डिस्कवर तिमीको प्रतिनिधिमण्डलद्वारा राज्यपालसॅंग शिष्टाचार भेट
डिस्कवर तिमीको प्रतिनिधिमण्डलद्वारा राज्यपालसॅंग शिष्टाचार भेट


गान्तोक, 19 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग आज राजभवनमा 'डिस्कवर तिमी' का अध्यक्ष अमृत शर्माको अगुवाईमा एक प्रतिनिधिमण्डलले शिष्टाचार भेट गऱ्यो। यस भेटका क्रममा शर्माले राज्यपाललाई संस्थानका गतिविधिहरूको बारेमा जानकारी गराए।

लोकभवन अनुसार, बैठकमा मुख्य रूपमा ती होमस्टेहरूलाई फेरि सक्रिय बनाउन चर्चा गरियो, जुन अहिले अचल छन्। यसद्वारा स्थानीय बुनियादी ढॉंचाको सदुपयोग गरेर युवाहरूका लागि स्थायी स्वरोजगारको अवसर सिर्जना गर्न सकिने छ।

प्रतिनिधिमण्डलले राज्यपाललाई आफ्नो आगामी कार्यक्रम 'एग्रो टुरिज्म सेलिब्रेशन' को बारेमा पनि जानकारी दियो। अन्तरराष्ट्रिय स्तरको उक्त कार्यक्रम आगामी 13 जूनदेखि 15 जूनसम्म तीन भिन्न-भिन्नै निर्वाचन क्षेत्रहरूमा आयोजना गरिने छ। यस कार्यक्रममा नेपाल र भुटानको कृषि सांस्कृतिक आदान-प्रदान पनि सामेल रहनेछ, जसले सिक्किमको कृषि पर्यटनलाई एउटा वैश्विक मञ्च प्राप्त हुनेछ।

राज्यपालले 'डिस्कवर तिमी' को कृषि र पर्यटनको क्षेत्रमा जारी प्रयासहरूको सराहना गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande