
कोलकाता, 19 मई (हि.स.)। कोलकाता पुलिसको विशेष कार्यदल (एसटीएफ) ले बिहार पुलिससँगको सहकार्यमा पूर्णिया जिल्लामा चलिरहेको एक अवैध मिनी-बन्दुक कारखानाको पर्दाफास गऱ्यो। मंगलवार दिउँसो एसटीएफद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि सूचनाको आधारमा 18 मई साँझ अपरेशन गरिएको थियो।
एसटीएप कोलकाता पुलिस, एसटीएफ बिहार र दमदाहा थाना पुलिसको संयुक्त टोलीले पूर्णिया जिल्लाको हरिपुर गाउँ स्थित मिथु कुमार र गब्बर रायको घरमा छापा माऱ्यो। अनुसन्धानले पत्ता लगायो कि भुइँ तल्लामा रहेको कागज प्लेट निर्माण कारखानाको भेषमा गोप्य भूमिगत कोठा बनाएऱ अवैध हतियार उत्पादन भइरहेको थियो। पुलिस अनुसार, यो भूमिगत कोठा विशेष रूपमा हतियार निर्माण प्रक्रियाको क्रममा उत्पन्न हुने आवाजलाई बाहिर आउनदेखि रोक्न डिजाइन गरिएको थियो।
छापा मार्ने क्रममा पुलिसले घटनास्थलबाट चार जना अभियुक्तहरूलाई पक्राउ गऱ्यो। पक्रा परेका व्यक्तिहरूको पहिचान मिथु कुमार, गब्बर राय, मोहम्मद अनवर खान र मोहम्मद आफताब आलम उर्फ लादनको रूपमा गरिएको छ। पछि सम्पूर्ण गिरोहको मास्टरमाइन्ड, सुरज कुमारलाई पनि बिहारको मुंगेर जिल्लाबाट पक्राउ गरियो।
पुलिसले कारखानाबाट पाँच अर्धनिर्मित पेस्तोल, पाँच पेस्तोल बडी, चार पेस्तोल बट, एक लेथ मेसिन, एक मिलिङ मेसिन, एक ड्रिलिंग मेसिन र एक ग्राइन्डिङ र पालिसिङ मेसिन जफत गरेको छ। अवैध हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ र उपकरणहरू पनि ठूलो मात्रामा जफत गरिएको छ।
एसटीएफ अनुसार, पक्रा परेका अभियुक्तहरू विरुद्ध दमदाहा थानामा आर्म्स एक्ट र भारतीय दण्ड संहिताको विभिन्न धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेर कानूनी कारबाही शुरु गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी