नोकरीको नाममा लाखौंको ठगी, तृणमूल नेता मफिजुद्दीन मियाँ पक्राउ
नोकरीको नाममा लाखौंको ठगी, तृणमूल नेता मफिजुद्दीन मियाँ पक्राउ


दक्षिण दिनाजपुर, 19 मई (हि. स.)। गङ्गारामपुरमा नोकरी दिलाउने नाममा लाखौं रुपियाँ ठगेको आरोपमा तृणमूल कङ्ग्रेसका जिल्ला महासचिव मफिजुद्दीन मियाँलाई पुलिसले पक्राउ गरेको छ। गङ्गारामपुर थानाको टीमले उनलाई अर्को एकजना व्यक्तिसितै गए सोमवार राती पक्राउ गरेको हो। मङ्गलवार अदालतमा लैजाने क्रममा मफिजुद्दीन मियाँले सबै आरोपहरूलाई खारेज गर्दै आफू षड़यन्त्रको शिकार भएको बताए। उनले आरोप लगाए, पुलिसले “दबावमा काम गरिरहेको छ”, समय आएपछि यसको जवाफ दिइनेछ। उनले आशङ्का व्यक्त गरे, भविष्यमा तृणमूलका अन्य नेताहरूलाई पनि पक्राउ गर्न सक्छ।

भनिन्छ, नोभेम्बर, 2025- मा एकजना युवकले सिकायत दर्ता गराएको थियो, पुलिस कन्स्टेबलको नोकरी दिलाुने नाममा मफिजुद्दीन मियाँ र उनका साथीहरूले उबाट लगभग दश लाख रुपियाँ लिए। यस मामिलामा पहिला एकजना आरोपीलाई पक्राउ रिएको थियो, तर जाँच लामो समयसम्म मन्द गतिमा भइरह्यो। हालैमा राजनीतिक परिवर्तनको कारणले जाँचमा तीव्रता आएपछि मुख्य आरोपीलाई समातिएको हो।

स्मरण गराइन्छ, मफिजुद्दीन मियाँ दक्षिण दिनाजपुरमा तृणमूलका एक चर्चित अनुहार रहिआएका छन्। पञ्चायत सदस्यदेखि राजनीतिक करियर शुरू गरी उनले जिल्लामा एकजना प्रभावशाली अल्पसङ्ख्यक नेताको रूपमा आफ्नो पहिचान स्थापित गरेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande