
इम्फाल, 02 मई (हि.स.)। मणिपुर पुलिसले मोरेह सीमा क्षेत्र तर्फ अवैध रूपमा लगिरहेका पेट्रोलियम तथा डिजल उत्पादहरूविरूद्ध कारबाही गर्दै अलग-अलग अभियानहरूमा केही वाहनहरूलाई जफत गरी पाँच जना चालकहरूलाई पक्राउ गरेको छ।
पुलिसद्वारा आज दिइएको जानकारी अनुसार गए 1 मईमा भएको जाँच अभियान अवधि एउटा बोलेरो पिकअप वाहनलाई रोकियो जुन मोरेह तर्फ गइरहेको थियो। जाँच गर्दा वाहनबाट पेट्रोलियम तथा डिजलले भरिएको 11 वटा कन्टेनर जफत गरियो। यस मामिलामा वाहन चालक एमडी हाशन (51), निवासी इरेङ्गबन्द (काकचिङ्ग जिल्ला)- लाई पक्राउ गरियो।
यसपूर्व सञ्चालित अर्को अभियानमा पुलिसले चार वटा वाहनहरूलाई रोकियो जसमा 25 वटा कन्टेनरमा भरिएका संदिग्ध पेट्रोलियम तथि डिजल उत्पाद भेटियो। जफत गरिएका वाहनहरूमा एउटा टाटा म्याजिक र तीन वटा ईको भ्यान सामेल छन् भने यसका चालकहरूको पहिचान चँदेल जिल्लाका एल्भिस लामकाङ्ग (23), थौबल जिल्लाका एमडी अबास खान (47), चँदेल जिल्लाको डाङ्गसावा कोशिल पिपाचुम (56) तथा काकचिङ्ग जिल्लाको एमडी मुजिबुर रहमान (35)-को रूपमा भएको छ।
पुलिसले सबै आरोपी चालकहरूलाई पक्राउ गरेको छ भने जफत गरिएका वाहन र ईन्धनहरूलाई अग्रिम कानूनी प्रक्रियाको लागि सम्बन्धित अधिकारीहरूलाई सुम्पिइएको छ।
पुलिस अधिकारीहरूले बताए, जफत गरिएको ईन्धनको श्रोत र यसको वितरण नेटवर्क बारे पत्तो लगाउनको लागि जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा