
भोपाल, 02 मई (हि.स.)। मध्य प्रदेशको राजधानी भाेपालको पोलिटेक्निक चौरस्तामा अवस्थित मानस भवनको पछाड़ि लगभग 70 वर्ष पुरानो बस्तीलाई हटाउने कारबाही शनिवारदेखि शुरू गरियो। सुरक्षालाई मध्यनजर गर्दै ब्यारिकेडिङ्ग गरी आवागमनलाई पूर्ण रूपले रोकिएको छ।
कारबाहीको विरोधमा कङ्ग्रेस नेताहरूले गए अबेर राति धरना दिए। पूर्व मन्त्री पीसी शर्मा तथा नेता प्रतिपक्ष शबिस्ता जकी सहित धेरैै जना नेताहरू बस्तीका बासिन्दाहरूको समर्थनमा बसे। यस अवधि एकजना युवकले विरोध व्यक्त गर्दै टावरमा चढ़्यो जसलाई पुलिसले सम्झाएर सुरक्षित तल उताऱ्यो। बस्तीका मानिसहरूले अनिश्चितताको माहोलबीच आफ्नो घरमा ताला लगाएर सामानको जिम्मेवारी पुलिसलाई सुम्पिदिएका छन्। प्रशासनले यहाँ बसोबास गर्दै आइरहेका 27 परिवारलाई भौंरी, कलखेड़ा औ मालीखेड़ीमा पुनर्वास गराउने योजना बनाएको छ।
लगभग सात दशक पुरानो यस बस्तीलाई हटाउनको लागि प्रशासनले 95 जना अधिकारी-कर्मचारीहरूलाई ड्यूटीमा खटाएको छ। बस्तीका मानिसहरू गए अबेर रातीसम्म धरनामा डटिरहे। नेता प्रतिपक्षले पुलिसलाई पत्र लेखेर बताए, आदिवासी टोलका मानिसहरूले आफ्नो घरलाई बन्द गरिसकेका छन् जसबाट स्थिति अझ संवेदनशील भएको छ। प्रशासन अनि प्रदर्शनकारीहरूबीच भएको तानातानले क्षेत्रको स्थिति तनाउपूर्ण भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा