गृह सूचीकरण एवं आवास जनगणना आरम्भ
गृह सूचीकरण एवं आवास जनगणना आरम्भ


इटानगर, 02 मई (हि.स.)। अरुणाचल प्रदेशको दिबाङ्ग भ्याली जिल्ला प्रशासनले शनिवार अनिनीस्थित सर्किट हाउसमा गृह सूचीकरण एवं आवास जनगणना- 2027 को लागि औपचारिक रूपमा क्षेत्र गणना प्रक्रिया शुभारम्भ गऱ्यो।

कार्यक्रमको शुभारम्भ अरुणाचल प्रदेश जिल्ला जनगणना कार्यालयका सहायक निदेशक मनदीप राजले अधिकारी अनि क्षेत्र गणनाकर्ताहरूको उपस्थितिमा औपचारिक रूपमा हरियो झण्डा देखाएर गरे जुन एक महत्वपूर्ण जिल्लाव्यापी अभियानको शुरुआतको प्रतीक हो। उप-आयुक्त बेकिर न्योराकको उपस्थितिमा दिबाङ्ग हाउस जो उप-आयुक्तको आधिकारिक निवास हो,-लाई सूचीमा सामेल गरेर प्रतीकात्मक रूपमा जनगणना प्रक्रियाको उद्घाटन गरियो।

01 मईदेकि आगामी 30 मई, 2026 सम्म निर्धारित यो जनगणना दिबाङ्ग भ्याली जिल्लाको कुना-कुनामा गरिनेछ जसमा प्रत्येक घरमा पुगेर एक प्रामाणिक र व्यापक सामाजिक-आर्थिक परिदृश्य प्राप्त गरिनेछ। यो महत्वपूर्ण चरणले राज्य एवं राष्ट्रिय स्तरमा सूचित योजना, समावेशी विकास तथा उत्तरदायी नीति निर्माणको लागि आधारशिलाको काम गर्नेछ।

यस सन्दर्भमा अतिरिक्त जिल्ला जनगणना अधिकारी ताडाङ्ग रायले जिल्लाका नागरिकहरूसित जनगणना कर्मी तता जनगणना कर्ताहरूलाई पूर्ण सहयोग गर्ने हार्दिक अपील गरेका छन्। उनले सबै नागरिकहरूसित सठीक जानकारी साझा गर्ने अनि आवश्यक सहायता प्रदान गर्ने आग्रह गरे ताकि यो सुनिश्चित होस् कि यो प्रक्रियाले जिल्लाको वास्तविक स्थिति अनि भावनालाई सही ढङ्गमा दर्शाओस्।

पारदर्शिता, सठीकता एवं सहभागी शासनप्रति आफ्नो प्रतिबद्धतालाई दोहोराउँदै जिल्ला प्रशासन प्रत्येक नागरिकसित यस सामूहिक प्रयासमा सक्रिय रूपमा सहभागी हुने आह्वान गर्दछ, एउटा यस्तो प्रयास जसले घरहरूको मात्र गन्ती नगरेर भविष्यको विकासको रूपरेखा पनि तयार गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande