
गुवाहाटी, 2 मई (हि.स.)। जुबिन गर्ग हत्या मामिलाका मुख्य आरोपी सिद्धार्थ शर्माको जमानत याचिकामाथि विशेष न्यायाधीशको अदालतद्वारा आगामी 4 मईमा फसेला सुनाइनेछ। जमानत याचिकामाति सुनवाई पूरा भएपछि न्यायाधीशले फसेला 2 मईको लागि सुरक्षित राखेको थियो। आज फेरि यस फसेलालाई आगामी 4 मईसम्मको लागि टारिदिएको छ।
उल्लेखनीय छ, मामिलामा चार्ज फ्रेमिङ्गमाथि सुनवाई गर्ने आज अन्तिम दिन हो। आज सबै आरोपीहरूले चार्ज फ्रेमिङ्गमाथि भएको सुनवाई अवधि राखेका आफ्ना पक्षमा दिइएका तर्कहरको लिखित प्रति न्यायालयमा प्रस्तुत गर्नेछन्। आजदेखि उता न्यायालयमा चार्ज फ्रेमिङ्गलाई लिएर कुनै सुनवाई हुनेछैन। बीएनएसएसका धाराहरू अन्तर्गत आगामी दुई महिनाभित्रमा न्यायालयद्वारा फसेला सुनाइनेछ।
ज्ञात रहोस्, यस मामिलाका अन्य मुख्य आरोपी श्यामकानू महन्तको जमानत याचिका गत 30 अप्रेलमा खारेज भइसकेको छ। मामिलाको न्यायिक प्रक्रिया अगाड़ि बढ़िरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा