मालदामा भाजपाको महत्वपूर्ण सङ्गठनात्मक बैठक, मतगणनाको तयारीमाथि चर्चा
मालदामा भाजपाको महत्वपूर्ण सङ्गठनात्मक बैठक, मतगणनाको तयारीमाथि चर्चा


मालदा, 02 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको मतगणनापूर्व सत्तारूढ तृणमूल कङ्ग्रेस एवं मुख्य विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) आ-आफ्ना कार्यकर्ताहरूलाई तयार गर्न जुटिसकेका छन्। दुवै पार्टी आफ्ना कार्यकर्ताहरूलाई मतगणनासित सम्बन्धित जानकारीहरू एवं प्रशिक्षण दिन जुटेका छन्।

यसै क्रममा शनिवार भाजपाका केन्द्रिय नेताहरूको उपस्थितिमा पुरातन मालदाको एक होटलमा सङ्गठनात्मक बैठक आयोजना गरियो। बैठकमा केन्द्रिय मन्त्री भूपेन्द्र यादव, राष्ट्रिय महामन्त्री एवं पश्चिम बङ्गालका प्रभारी सुनिल बन्सल, मङ्गल पाण्डेय, सांसद खगेन मुर्मू समेत मालदा डिभीजनका 28 वटा विधानसभा क्षेत्रहरूका भाजपा उम्मेद्वार तथा पार्टी पदाधिकारीहरू सामेल भए।

बैठकमा मुख्य रूपमा मतगणनाको तयारी तथा रणनीतिमाथि चर्चा गरियो। बैठकपछि उत्तर मालदाका सांसद खगेन मुर्मूले भने, चुनाउ अवधि पार्टी कार्यकर्ताहरूले गरेका राम्रो कामको लागि केन्द्रिय नेतृत्वहरूले उनीहरूलाई धन्यवाद दिनको साथै सङ्गठनात्मक दिशा-निर्देश पनि दिए। उत्तर मालदाका सांसदले विश्वास व्यक्त गरे, मतगणनापछि भाजपालाई ठूलो सफलता हात लाग्नेछ र राज्यमा पार्टीको प्रदर्शन मजबुत रहनेछ। उनले दाबी गरे, आगामी 4 मईको दिन सम्पूर्ण बङ्गाल भगवामय हुनेछ।

उल्लेखनीय छ, मतगणनाको सिलसिलामा तृणमूल कङ्ग्रेसको कोलकातामा शनिवार महत्वपूर्ण बैठक हुन गइरहेको छ जसमा पार्टी सुप्रीमो वा मुख्यमन्त्री ममता ब्यानर्जी र महासचिव तथा लाेकसभा सांसद अभिषेक ब्यानर्जी सहित पार्टीका सबै वरिष्ठ नेताहरू उपस्थित रहनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande