
पूर्व मेदिनीपुर, 02 मई (हि.स.)। पश्चिम बङ्गालमा मतगणना हुन मात्र एक दिन बचेको छ। यस्तो स्थितिमा भाजपा नेता दिलीप घोषले सम्भावित अशान्तिलाई लिएर विवादित टिप्पणी गरेका छन्। पूर्व मेदिनीपुर जिल्लाको मेचेदामा आयोजित भाजपाको एक चुनावी कार्यशाला अवधि पत्रकारहरूसित बातचित गर्दै उनले भने, “दुई चरणमा मतदान भइसकेको छ, खेला पनि भइसकेको छ अब परिणाम आउनु बाँकी छ।”
घोषले भने, “ममता ब्यानर्जी एकजना तानाशाही मन्त्री हुन्। सत्ता नै उनको लागि सर्वोपरि हो। सत्ता अब हातबाट गइरहेको अवस्थामा उनी सबै कुरा गर्न तयार छन्। अहिले उनको अवस्था डोनाल्ड ट्रम्पको जस्तो भएको छ। सत्ता हातबाट गइरहेको देखेर उनी कुनै पनि हदसम्म जान तयार छन्।” उनले आशङ्का व्यक्त गरे, मतगणनाको दिन कुनै पनि अप्रिय घटना हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन।
मेचेदाको एक गेस्ट हाउसमा आयोजित यस बैठकमा अविभाजित मेदिनीपुर क्षेत्रका 35 वटा विधानसभा सीटहरूका उम्मेद्वार, एजेन्ट र भाजपा नेताहरू उपस्थित थिए। बैठकमा भाजपाका प्रदेश अध्यक्ष शमिक भट्टाचार्य, सांसद दिब्येन्दु अधिकारी, भाजपाका राष्ट्रिय महासचिव (सङ्गठन) सुनिल बन्सल तथा भाजपा नेता अमित मालवीय सहित केही वरिष्ठ नेताहरू सामेल भएका थिए।
बैठकपछि दिलीप घोषले दाबी गरे, पहिलो चरणको मतदानपछि नै तृणमूल कङ्ग्रेसलाई यो आभास भइसकेको थियो कि उ पछाड़िरहेको छ, त्यसैले दोस्रो चरणमा गड़बड़ी गर्ने प्रयास गरियो। उनले आशङ्का व्यक्त गरे, मतगणनाको दिन पनि अशान्ति हुनसक्छ, किनभने हार स्वीकार गर्नु कतिपय मानिसहरूको लागि कठिन हुनसक्छ।
यसरी नै भाजपा प्रदेश अध्यक्ष शमिक भट्टाचार्यले भने, मतगणनासित सम्बन्धित मुद्दामा राज्य सरकारद्वारा दर्ता मामिलाको खर्चलाई लिएर भविष्यमा प्रश्न उठाइनेछ। उनको भनाइ थियो, जनताले पहिला नै तृणमूल कङ्ग्रेसलाई नकारिसकेका छन्। मुद्दाहरूको माध्यमबाट स्थिति परिवर्तन गर्न सकिँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा