
मङ्गन, 02 मई (हि.स.)। मङ्गन नगर पञ्चायतका नवनिर्वाचित पार्षदहरूको शपथ ग्रहण समारोह आज मन्त्री पिन्चो नामग्याल लेप्चाको मुख्य आतिथ्यमा सम्पन्न गरियो। यस अवसरमा मङ्गन जिल्लाका एडीएम पेमा वाङ्छेन नामकर्पाले निर्वाचित पार्षदहरूलाई शपथ ग्रहण गराए।
लोवर मङ्गन बजारकी विजयी उम्मेदवार छिरिङ डोमा भोटियालाई मङ्गन नगर पञ्चायतकी सभापति र पावर कलोनी वार्डका विजयी उम्मेदवार नर्बु रिन्छेन लेप्चालाई उपसभाति निर्वाचित गरिएको छ। यस अतिरिक्त, रिन्जिङ नामग्याल मार्ग वार्डबाट हाङ्गु लाचेनपा, अप्पर मङ्गन बजार वार्डबाट छिरिङ पिन्चो सेरिङ र पेन्तोक वार्डबट फुर्कित लेप्चा निर्वाचित भएकी छन्।
शपथ ग्रहण समारोहमा शहरी विकास विभागका विशेष सचिव जिग्मी वाङ्गचुक भोटिया, चुनाउ विभागका संयुक्त सचिव कर्म शेर्पा, मङ्गन नगरपञ्चायतका एमईटो कारजोङ भोटिया तथा अन्यहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल