याङगाङको नयॉं एसडीएम कार्यालय उद्घाटनलाई लिएर समन्वय बैठक सम्पन्न
याङगाङको नयॉं एसडीएम कार्यालय उद्घाटनलाई लिएर समन्वय बैठक सम्पन्न


नाम्ची, 02 मई (हि.स.)। सिक्किम विधानसभाकी उपाध्यक्ष तथा राङगाङ याङगाङ निर्वाचन क्षेत्रकी विधायक राजकुमारी थापाको उपस्थितिमा आज याङगाङको स्थानीय एसडीएम कार्यालयमा एक सामाजिक भ्रमण एवं समन्वय बैठक आयोजन गरियो। बैठकमा प्रशासनका अधिकारीहरू, विभागीय प्रमुखहरू, पञ्चायत प्रतिनिधिहरू, एसकेएम पार्टी कार्यकर्ताहरू र स्थानीय जनताका सदस्यहरूको उपस्थिति थियो।

बैठकमा नयाँ एसडीएम कार्यालयको उद्घाटनको तयारीलाई अन्तिम रूप दिने, निर्माण कार्यको प्रगतिको समीक्षा गर्ने तथा सुचारु रूपमा सञ्चालन र सार्वजनिक सेवा प्रवाहलाई बढावा दिन विभिन्न विभागहरूको लागि कोठाको आवण्टन गर्ने बारेमा छलफल गरियो। यसपछि, उपाध्यक्षले कार्यालय परिसरको निरीक्षण गरिन्। उनले आगामी उद्घाटनलाई ध्यानमा राख्दै सावधानीपूर्वक योजना, प्रभावकारी समन्वय र समग्र तयारीको महत्त्वलाई जोड दिइन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande