
दक्षिण दिनाजपुर, 02 मई (हि.स.)। जिल्लाको बालुरघाटमा अवस्थित एक गैर सरकारी नशामुक्ति केन्द्रमा भर्ती एकजना युवकको संदिग्ध परिस्थितिमा मृत्यु भएको खबर शनिवार बाहिरिएको छ। घटना गए शुक्रवार अबेर राती भएको बताइएको छ। मृतकको पहिचान इसराफुल हक (26)-को रूपमा भएको छ। परिवारले आरोप लगाएको छ, केन्द्रभित्र उसलाई निर्दयता पूर्वक कुटेर हत्या गरियो। मृतक चोपड़ा निवासी थिए।
परिवार अनुसार गत 27 अप्रेलको दिन उसलाई नशाको लतदेखि छुटकारा दिनको लागि यस केन्द्रमा भर्ती गरिएको थियो। परिवारलाई आशा थियो, उ ठीक भेर गर फर्किनेछ, तर यो आशा पीड़ादायी घटनामा परिणत भयो। केन्द्रद्वारा परिवारलाई फोन गरेर बताइयो, युवकको स्वास्थ्य बिग्रिएको कारणले उसलाई अस्पतालमा भर्ती गरिएको छ। पछि भनियो, उसलाई हार्ट अट्याक आएको छ। तर परिवार बालुरघाट पुग्दा-नपुग्दै उसको मृत्यु भइसकेको थियो।
घटनाको खबर फैलिनसाथ आक्रोशित मानिसहरूले नशामुक्ति केन्द्रमाथि हमला गरी तोड़फोड़ गरे। यस अवदि त्यहाँ भर्ती अन्य रोगीहरूमा पनि सन्त्राष फैलियो। कतिपय रोगीहरू डरले त्यहाँबाट भागे।
सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ जसको रिपोर्टको प्रतिक्षा छ। परिवारले थानामा लिखित सिकायत दर्ता गराउने प्रक्रिया शुरू गरेको छ भने दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने माग गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा