
कोलकाता, 02 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको मतगणना हुनअघि पोस्टल ब्यालेटको जाँचलाई लिएर नयाँ विवाद उत्पन्न भएको छ। सत्ताधारी तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ, दक्षिण कोलकातास्थित खुदीराम अनुशीलन केन्द्रको स्ट्रङ्ग रूममा तैनाथ रिटर्निङ्ग अधिकारीले नियमहरूको उल्लङ्घन गर्दै पोस्टल ब्यालेटको छँटनी गरे। यस मामिलामा तृणमूलले भारत निर्वाचन आयोगसित सिकायत गरेर तत्काल हस्तक्षेप गर्ने माग गरेको छ।
तृणमूलको भनाइ छ, स्ट्रङ् रूमभित्र संदिग्ध गतिविधिहरू भइरहेको पनि देखियो। यसलाई लिएर बेलगछिया क्षेत्रका तृणमूल उम्मेद्वार कुणाल घोष र श्यामपुकुरकी उम्मेद्वार शशि पाञ्जा गए बिहीवार साँझदेखि केन्द्र बाहिर धरनामा बसेका थिए।
यस अवधि चौरङ्गीबाट भाजपा उम्मेद्वार सन्तोष पाठक औ मानिकतलाका उम्मेद्वार तापस राय पनि त्यहाँ पुगे अनि स्ट्रङ्ग रूम सामु तृणमूल समर्थकहरूको उपस्थितिलाई लिएर आपत्ति जनाए। पछि पुलिसले हस्तक्षेप गरेपछि तृणमूल उम्मेद्वारहरूले आफ्नो धरना समाप्त गरे।
तृणमूलको आरोप छ, पोस्टल ब्यालेटसित सम्बन्धित कार्य निर्धारित प्रक्रिया अनुसार गरिएन। यद्यपि भारत निर्वाचन आयोगले यी आरोपहरूलाई खारेज गर्दै भनेको छ, सम्बन्धित विधानसभा क्षेत्रका उम्मेद्वारहरूलाई पहिलाबाटै ई-मेलको माध्यमबाट पोस्टल ब्यालेटसित सम्बन्धित कार्यहरूको जानकारी दिइएको थियो।
यता राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले पनि चुनावी प्रक्रिया अवधि अधिकारीहरूको स्थानान्तरम तथा आयोगको सक्रियतालाई लिएर प्रश्न उठाएकी छन् भने यस सम्बन्धमा मुख्य चुनाउ आयुक्तलाई पत्र लेखेर असन्तोष व्यक्त गरेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा