नातिनीको बलात्कारपछि हत्या गरेको आरोपमा हजुरबुवा पक्राउ
नातिनीको बलात्कारपछि हत्या गरेको आरोपमा हजुरबुवा पक्राउ


अगरतला (त्रिपुरा), 02 अप्रेल (हि.स.)। नातिनीसित बलात्कार गरेपछि हत्या गरेको आरोपमा हजुरबुवालाई पुलिसले पक्राउ गरेको छ। आरोपीको पहिचान प्राम बल्लभ दासको रूपमा भएको छ जसलाई 15 वर्षीय किशोरी जो कक्षा दशौंकी छात्रा थिई,-को मृत्युसित सम्बन्धित मामिलाको शुरूआती जाँचपछि पक्राउ गरिएको हो।

पुलिस अधिकारीहरू अनुसार पीड़िता आफ्ना हजुरबुवा-हजुरआमासित बस्दै आएकी थिई, किनभने उसकी आमाको निधन भइसकेको थियो भने पिता चेन्नईमा नोकरी गर्छ। एक जना वरिष्ठ पुलिस अधिकारीले बताए, यो मामिला त्यसबेला प्रकाशमा आएको थियो जतिबेला गत बुधवार किशोरीको शव उसको घरभित्रै गलफन्दामा झुण्डिरहेको अवस्थामा भेटियो। तथापि आरोपी हजुरबुवालाई दुई दिनको निरन्तर जाँचबुझपछि पक्राउ गरिएको छ।

पुलिसले बतायो, एक जना छिमेकी जो छात्रासित भेट गर्न आएको थियो,-ले शव देखेर पुलिसलाई सूचना दियो। शुरूमा यसलाई आत्महत्याको मामिला मानिँदैथ्यो, तर अनुसन्धान गर्ने क्रममा धेरै वटा रहस्यहरू खोलियो।

पुलिस मुताविक लगातार भएको जाँचबुझमा आरोपीले कथित रूपमा आफ्नो दोषलाई स्वीकार गऱ्यो। आरोप छ, पीड़िता पछिल्लो लामो समयदेखिकै आफ्नो हजुरबुवाद्वारा यौन शोषणको शिकार हुँदै आएकी थिई। नातिनीले यो कुरा आफ्नी एक जना साथीलाई सुनाएपछि मामिला सार्वजनिक हुन्छ भने डरले आरोपीलाई सताएको थियो। त्यसैले गत बुधवार कथित रूपमा आरोपीले किशोरीको गला दबाएर हत्या गरिदियो अनि यसलाई आत्महत्याको रूप दिने प्रयास गऱ्यो।

शवलाई पोस्टमर्टम गर्नको लागि स्थानीय अस्पतालमा पठाइएको छ। मृत्युको सही कारण पुष्टि गर्न तथा यौन हमलासित सम्बन्धित फोरेन्सिक प्रमाण जुटाउनको लागि पोस्टमर्टम रिपोर्टको प्रतिक्षा गरिँदैछ। पुलिसले भारतीय न्याय संहिता (बीएनएस) औ यौन अपराधहरूबाट बाल-बालिकाको संरक्षण (पोक्सो) अधिनियमका सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande