
उदालगुड़ी (असम), 2 मई (हि.स.)। उदालगुड़ी-कलाइगाउँ थाना अन्तर्गत सरुबेङ्गेरा क्षेत्रमा एकजना अज्ञात व्यक्तिको शव भेटिएको घटनापछि सम्पूर्ण क्षेत्रमा कोकोहोलो मचियो। पुलिसले आज बतायो, शवलाई सड़क नजिकै अवस्थित जङ्गलबाट गए शुक्रवार साँझ उद्धार गरिएको हो।
स्थानीय मानिसहरूले शवलाई देखेर पुलिसलाई सूचना दिए, त्यसपछि उदालगुड़ी र कलाइगाउँ थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जामा लियो।
मृतक एक अज्ञात पुरुष रहेको बताइएको छ जसले शर्ट र जिन्स लगाएको छ। शव नजिकै गत 26 अप्रेलको केरलदेखि गुवाहाटी आउने ट्रेनको टिकट पनि थियो जसलाई जफत गरिएको छ।
अन्तिम सुचना पाउञ्जेलसम्म मृतकको पहिचान हुन सकेको थिएन। पुलिसले शवलाई उदालगुड़ी सिभिल अस्पतालमा पठाएर पोस्टमर्टम गर्नको लागि सुरक्षित राखिएको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा